काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गरेको छ । सशस्त्र प्रहरी बल नेपालको नियमावली संशोधन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेको छ ।
चौँथो संशोधन नियमावली, २०८२ मा विपद्मा खटिदा मृत्यु भएका कर्मचारीलाई उक तह बढुवासहित पारिवारीक निवृत्तीभरण उपलब्ध गराईने व्यवस्था भएको छ । यसअघि सो नियमावलीको नियम ७६ को उपनियम २ मा कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा विष्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहको समूह विरुद्धको कारवाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा सो सुविधा व्यवस्था भएकोमा अवोरान्त विपद् उद्धार कार्यमा खटिएका बखत मृत्यु भएमा समेत सोही सुविधा उपलब्ध हुनेछ ।