काठमाडौं: जेनजी आन्दोलनसम्बन्धि गठन भएको जाँचबुझ आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपीसँग बयान लिने तयारी गरेको छ। नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका राजु अर्यालसँग बयान लिने तयारी छ।
आयोगले नेपाल प्रहरीका एआइजी शिद्धिबिक्रम शाह तथा सशस्त्र प्रहरी बलका एआइजी नारायणदत्त पौडेलसँग बयान लिइसकेको छ।
नेपाल प्रहरीका आइजिपी कार्की जेनजी आन्दोलनको समयमा उपत्यका प्रहरी कार्यालयको प्रमुख थिए। उनले त्यो दिन राम्रो कमाण्ड गर्न नसकेको आरोप छ। सशस्त्र प्रहरीले पनि महत्वपूर्ण निकाय जोगाउन प्रयास नगरेको बताइन्छ ।
राष्ट्रिय अनुसन्धान विभागका तत्कालिन प्रमुख हुतराज थापासँग आयोगले एक साताअघि नै बयान लिइसकेको छ।