२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

एसएसपी र डिआइजीको सरुवा रोकियो

सोमवार, जेठ ४ २०८३०७:४२


काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि एसपी र डिएसपीको सरुवा भएको छ। शुक्रबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवा गरेका हुन्।

तर, एसएसपी र डिआइजीको सरुवा भने अझै हुन सकेको छैन । प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवाको अधिकार आइजिपीलाई छ। एसएसपी र डिआइजीको गृहमन्त्री तथा एआइजीको सरुवा मन्त्रिपरिषद्बाट हुनुपर्छ । हाल गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनले नै सम्हाल्दै आएका छन्। उनले यस्ता विषयमा चासो दिएका छैनन्। प्रहरी महानिरीक्षकलाई समेत उनले भेट नदखिएको स्रोत बताउँछ। जसकारण माथिल्लो तहको सरुवा रोकिएको छ।

केही प्रदेश प्रहरी प्रमुखदेखि काठमाडौं परिसरका एसएसपीसम्मको सरुवाको गृहकार्य भइरहेको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार