२०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते

रवि लामिछानेलाई अदालतबाट राहत, चार अदालतमा मुद्दा फिर्ता

शुक्रवार, आषाढ ५ २०८३११:२५


काठमाडौं- सत्तामा पुगेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतबाट राहत पाउन थालेका छन् । उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन चार जिल्ला अदालतबाट अनुमति भएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले पनि अनुमति दिएको छ।  न्यायाधीश आत्मराज जोशीको इजलासले संगठित अपराधको अभियोग संशोधनका लागि अनुमति दिएको हो। 

यसअघि कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतले अभियोग संशोधनको अनुमति दिएका थिए। लामिछानेविरुद्ध पाँच जिल्लामा सहकारी ठगीको अभियोग लगाइएको थियो। चितवनमा भने संगठित अपराधको कसुर लगाइएको थिएन । कास्कीमा सम्पत्ति शुद्धीकरणको कसुरसमेत रहेकोमा अदालतको अनुमतिसँगै अभियोग संशोधनको प्रक्रिया अघि बढिसकेको छ। पाँचै जिल्लामा सहकारी ठगीको अभियोग भने कायमै छ।

जिबी राईको समूहले सञ्चालन गरेका सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा लगिएको थियो। त्यो पैसा खर्च गर्ने भूमिकामा लामिछानेसमेत रहेको भन्दै उनलाई पाँच जिल्लामा मुद्दा दायर भएको थियो। सहकारी ठगीको मुद्दा मिलापत्र गर्न मिल्ने भएकाले अब उनले मिलापत्र गरेर उन्मुक्ति पाउन सक्नेछन्। तर, ती मुद्दाको बिगो अरबौं भएकाले त्यती सहज भने छैन। 

प्रतिक्रिया
सम्बन्धित समाचार