काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबिच टकराव बढ्दै गएको छ। प्रधानमन्त्री उनलाई हटाउने मनस्थितीमा पुगेका छन्, तर कार्कीले राजीनामा दिन तयार भएका छैनन्।
गत शुक्रबार पत्रकारहरुमाथि भएको धरपकड पनि यही टकरावको कारण भएको बुझिन्छ।
गत साता आइजिपीलाई राजीनामाको दबाब आएको समाचार प्रकाशित भएको थियो। त्यो लगायतका समाचार प्रहरी नेतृत्वबाट नै ंलेख्न लगाइएको आशंका गरी प्रधानमन्त्रीको सचिवालयले अनुसन्धान गर्न दबाब दिएपछि पत्रकारहरुलाई पक्राउ गरिएको थियो। यद्यपी केही समयमै उनीहरूलाई छाडियो।
त्यस प्रकरणमा प्रधानमन्त्रीको सचिवालयले पूर्वजानकारी नभएको प्रष्टीकरण दियो तर प्रहरीको बिज्ञप्तिमा प्रधानमन्त्रीको कार्यालयको चासोका आधारमा पत्रकारलाई बोलाइएको उल्लेख छ। यसरी सिधैं प्रधानमन्त्रीको सचिवालयलाई प्रहरीले खण्डन गरेको छ।
अर्कोतर्फ प्रहरीभित्रै पनि राजनीति चर्किएको छ। सोमबार एआइजी मनोज केसीसँगको एक अडियो सार्वजनिक गरिएको छ। प्रहरी महानिरीक्षकले नै ती अडियो बाहिर ल्याएको बताइन्छ।
प्रधानमन्त्री जसरी पनि आइजिपी हटाउन चाहन्छन्। कसलाई बनाउने भन्ने समझदारी बनेको छैन । सुरुमा राजन अधिकारीको नाम आएपछि उनको पनि बिचौलिया सनम सापकोटासँग कनेक्सन देखिएपछि सम्भवना कम भएको छ। मनोज केसीको नाममा सहमति हुन सकेको छैन ।ईश्वर कार्कीदेखि डेढ महिना जागिर भएका नमस्ते टोलीका एआइजीहरु पनि लबिइङमा लागेका छन्।
अर्कोतर्फ रास्वपा सभापति रवि लामिछानेले तत्काल आइजिपी हटाउन नहुने अडान राखेका कारण पनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।