२०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते

सर्वाेच्चका न्यायाधीशहरुमाथि संसदीय छानबिन हुँदै

मंगलवार, कार्तिक १८ २०८३०१:४९

काठमाडौं। सर्वाेच्च अदालतका न्यायाधीशहरुमाथि संसदीय छानबिन अघि बढ्ने भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले यससम्बन्धि निर्णय गरेसँगै गृहकार्य सुरु भएको छ।

सर्वाेच्चका न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलिया इनम सापकोटाबीचको घनिष्ठता बाहिर आएपछि यसमा छानबिन हुन लागेको छ। फुयालले आफुले मात्र नभई सर्वाेच्चका अरु न्यायाधीश र कर्मचारीले पनि सापकोटालाई भेट्दै आएको खुलाएका छन्। साथै, इनामको च्याटमा प्रधानन्यायाधीश मनोज कुमार शर्माको नाम समेत उल्लेख भएकाले उनीमाथि समेत छानबिनको माग उठेको छ।

न्यायाधीश फुयालले यो छानबिनमा सर्वाेच्चका अन्य न्यायाधीशलाई पनि तान्ने सम्भावना छ । उनले आफुसहित अन्य न्यायाधीशले पनि इनमलाई हिमालय होटलमा पुगेर भेटेको खुलाएका छन्। संसदीय छानबिनमा उनले न्यायाधीशको नाम बताउनुपर्ने हुन्छ। साथै, होटलको सिसिक्यामेरा फुटेजबाट समेत अनुसन्धान हुुनपर्ने छ।

सोमबार सबेको सर्वाेच्चको फुलकोर्टले कुनै छानबिन समिति नबनाई संविधान र कानुनअनुसार हुने छानबिनमा सघाउने निर्णय गरेको छ। संसदीय छानबिनबारे रास्वपाले निर्णय गरेपनि अन्य दलले भने कुनै निर्णय गरेका छैनन्।
संसदीय छानबिनमा दोषी देखिए त्यस्ता न्यायाधीशमाथि महाअभियोग प्रक्रिया अघि बढ्नेछ। 

सम्बन्धित समाचार