२०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते

मनोज केसीलाई आइजिपी बनाउन रवि लामिछाने र गगन थापाको योगदान

बिहिवार, कार्तिक २० २०८३०२:५६

काठमाडौं । नेपाल प्रहरीको ३४ औं आइजिपी बनेका डा.मनोज कुमार केसी राजनीतिक रुपमा कुनै पार्टी निकट देखिदैनन् । तर, उनको सबै दलका नेताहरुसँग निकटता छ ।

उनी २०८१ को जेठ १३ गते डिआइजीमा बढुवा भएका हुन्। त्यतीबेला रवि लामिछाने गृहमन्त्री थिए। लामिछानेकै जोडमा उनी दोस्रो नम्बरमा बढुवा भएका थिए। लामिछानेले उनलाई पहिलो नम्बरमै बढुवा गर्न चाहेका थिए तर तत्कालीन प्रधानमन्त्री प्रचण्डका कारण दानबहादुर कार्की पहिलो नम्बरमा परे। बढुवा लगत्तै केसीलाई बिशेष ब्यूरोमा पदस्थापन गरियो। त्यहाँ रहँदा उनले गोप्य रुपमा बेचन झालाई पक्राउ गरे। सोही कारण तत्कालीन सरकार ढलेको आकलन गरिन्छ।

नयाँ सरकार बनेलगत्तै उनलाई त्यहाँबाट हटाएर स्टाफ कलेजमा सरुवा गरियो। केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई रुचाएको थियो। खासरी आरजु देउवा उनीसँग रुष्ट थिइन्। त्यसकारण उनको एआइजीमा बढुवा हुने सम्भावना पनि कम थियो।

त्यहीबेला कांग्रेसभित्र गगन थापा ओलीसँगको सहकार्य तोड्नुपर्ने भन्दै दबाब दिनुपर्ने बताउन थाले। गगनसँग सरकार दबाबमा थियो। उनको आक्रोश कम गर्न उनकै सिफारिसमा त्यतीबेला डा।केसीलाई समेत समेटेर एआइजी बढुवा गरिएको थियो। गगन र डा।केसीको चिनजान स्कुलदेखिकै हुन्। दुवैले सिद्धार्थ वनस्थली पढेका हुन्।  यद्यपी केसी गगनभन्दा सिनियर हुन्।

उनको समेत सिफारिसमा त्यसबेला दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र शिद्धिबिक्रम शाह लगायत एआइजीमा बढुवा भएका थिए। त्यसमा ओलीका सल्लाहकार विष्णु रिमालको पनि भूमिका थियो। रिमाल केसीका जिल्लावासी नुवाकोटका हुन्।

यसरी गगन र रविको योगदानकै कारण आज डा।केसी महानिरीक्षक बनेका छन्। सरकारले दानबहादुर कार्कीलाई हटाएर उनलाई महानिरीक्षकको जिम्मेवारी दिएको हो। उता, कार्की भने सरकारको निर्णयविरुद्ध अदालत पुगेका छन्। 

सम्बन्धित समाचार