२०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते

सरकारलाई टक्कर दिएपछि हटाइए आइजिपी कार्की

बुधवार, कार्तिक १९ २०८३०२:५९

काठमाडौं । सरकारसँग टक्कर परेपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई हटाएर डा.मनोज कुमार केसीलाई आइजिपीमा नियुक्त गरेको हो।

कार्कीसँग केही समययता सरकारको सम्बन्ध चिसिएको थियो। उनलाई राजीनामाको पनि दबाब दिएको थियो। राजीनामा नदिने अडानपछि सरकारसँग उनको टक्कर परेको हो। त्यहीबिचमा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाको मोबाइल लुकाएको विषय आएपछि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक राखेर उनलाई हटाइएको हो । उनी गत वर्ष २७ कात्तिकमा महानिरीक्षकमा नियुक्त भएका थिए। एक वर्षको अवधि पनि उनले पुरा गर्न पाएनन्। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार