Author: Saru Shrestha

धनगढी – अछामको चौरपार्टी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि आक्रमण गर्ने नेविसंघका जिल्ला सभापति खेम खड्का पक्राउ परेका छन्। अछाम प्रहरीको आग्रहमा कैलाली प्रहरीले उनलाई मंगलवार साँझ उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अतिथि रिसोर्टबाट पक्राउ गरेको हो। गाउँपालिकाका अध्यक्ष साउँदले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। काँग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष साउँदलाई नेपाल विद्यार्थी संघ (नेविसंघ)का जिल्ला सभापति खेम खड्का र नरबहादुर खड्काले वियरको बोतलले टाउकोमा हानेर आक्रमण गरेको आरोप छ। खेम पक्राउ परेका छन भने नरबहादुर अझै फरार छन्।

Read More

काठमाडाैं – निर्माणाधीन काठमाडौँ दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ । १२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ । प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र थप लता थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेदको अध्ययन गरी तला थपको लागि अनुमति दिने तयारी गरेको छ । उक्त टावर विसं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाईएको थियो…

Read More

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले बेइमानहरूको पार्टी नभएको बताएका छन् । मङ्गलवार पार्टीको २३ जनवर्गीय सङ्गठनको भेलामा उनले यस्तो बताएका हुन् । एमाले भ्रष्टाचारमा संलग्न नभएको र नहुने दाबी गर्दै मूल्यमान्यता विपरीत कोही गए कारबाहीमा पार्टी आफैँ अघि सर्ने बताए । “एमाले कुनै भ्रटाचारमा संलग्न थिएन, हुँदैन । यदि कसैले एमालेभित्र रहेर पनि एमालेका आदर्श, यसका मूल्यमान्यता विपरीत, यसका उद्देश्यहरूलाई आघात पुग्ने गरी कुनै प्रकारका अनुचित, अनैतिक क्रियाकलाप गर्छ भने त्यस्तोमा कारबाही गर्न आफैँ अग्रसर हुन्छ,” ओलीले भने । उनले भ्रष्टलाई साथ नदिइने पनि बताए । ओलीले मान्छेको नैतिकता, आदर्शबाट च्युत भएपछि आत्मा मरेको हुने बताए…

Read More

काठमाडौं – गृह मन्त्रालयले नेपाल एपिएफ अस्पतालमा कार्यरत सशस्त्र प्रहरीको प्राविधिकतर्फका इन्स्पेक्टर डा. समिर केसीलाई स्पष्टीकरण सोधेको छ । कसैलाई जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका उनलाई मन्त्रालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सार्वजनिक निर्देशन दिएको हो । चैत १३ गतेदेखि बेपत्ता भएका केसीको घरमा सूचना टाँस गर्दा पनि सम्पर्कमा नआएपछि सेवाबाट हटाउने तयारीका साथ् स्पष्टिकरण मागिएको हो । उनलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद–१३ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) अनुसारको कसूरमा सोही नियमावलीको नियम ११० को खण्ड (ख) को (१) बमोजिम सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको…

Read More

काठमाडौँ – सङ्खुवासभा सदरमुकाम खाँदवारिमा लघुवित्तका एक कर्मचारीमाथि कुटपिट भएको छ। एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत दिलबहादुर तिवारीलाई कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । लघुवित्तका कर्मचारी तिवारीमाथि मङ्गलवार दिउँसो खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा कुटपिट भएको हो। लघुवित्तका कर्मचारी कुटपिट गरेको आरोपमा खाँदबारी-१ पाठकधाराका रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय श्रेष्ठले लघुवित्तका कर्मचारी तिवारीलाई किस्ता लिन बोलाएर हेलमेटले कुटेको जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका तिवारीको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अचेत अवस्थामा महिला भेटिएकी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ चटकपुरमा महिला बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । महिला बेहोस् भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Read More

काभ्रे – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१२ नागबेलीस्थित झिकुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनर्निर्माण गर्न स्थानीयले माग गरेका छन् । छ वर्षअघि चन्द्रा एण्ड वसन्त एनएम जेभीले चार करोड ५० लाखमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुरमार्फत ठेक्का लिई सुरु गरेको थियो । स्थानीयले पुल निर्माणमा ढिलाइ गरी अलपत्र तथा लापर्बाहीका कारण खेतमा बाढी पस्दा हजारौँ रोपनी डुबानमा परेको र क्षतिपूर्ति समेतको माग गर्न थालेका छन् । निर्माण पक्षले बीचबाट चर्किएर भाँचिएको उक्त पुल प्लाष्टरमार्फत टाल्न खोजिएको प्रष्ट देखिन्छ । ४० मिटर लम्बाइको उक्त पुल भाँचिएपछि…

Read More

टेकसिंह धामी, धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय सक्रियता बढाएका छन् । हालै भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किएका शाहले नेपालमा पनि सक्रियता बढाएका हुन् । लखनउ जानुअघि उनको नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको थियो। उत्तर प्रदेशमा हुँदा पूर्वराजा शाहले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए । आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री हुन्। उनी नेपालमा राजसंस्था चाहने पक्षधरको भारतीय नेता समेत हुन्। उनीसँगको भेटवार्तापछि पूर्वी नेपालमा अभिनन्दन लिइसकेका उनी आइतबार आफ्नै मोटर आफैले चलाएर नेपालगन्जबाट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी आएका थिए । सोमबार धनगढीमा पनि उनको अभिनन्दन गरिएको छ। धनगढीको रङ्गशालामा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा विभिन्न संघसंस्थाहरूले पूर्वराजाको…

Read More

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ । उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलाई विभिन्न मितिमा…

Read More

काठमाडौँ – बुधबारका लागि संघीय संसद्को संयुक्त बैठक आह्वान भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर संघीय संसद्को संयुक्त बैठक आह्वान भएको जानकारी दिए । सूचना अनुसार बुधबार दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । जहाँ संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको उल्लेख छ। सोही अनुसार सम्भावित कार्यसूची समेत संसद सचिवालयले तय गरेको छ ।

Read More