धनगढी – अछामको चौरपार्टी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि आक्रमण गर्ने नेविसंघका जिल्ला सभापति खेम खड्का पक्राउ परेका छन्।
अछाम प्रहरीको आग्रहमा कैलाली प्रहरीले उनलाई मंगलवार साँझ उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अतिथि रिसोर्टबाट पक्राउ गरेको हो।
गाउँपालिकाका अध्यक्ष साउँदले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
काँग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष साउँदलाई नेपाल विद्यार्थी संघ (नेविसंघ)का जिल्ला सभापति खेम खड्का र नरबहादुर खड्काले वियरको बोतलले टाउकोमा हानेर आक्रमण गरेको आरोप छ। खेम पक्राउ परेका छन भने नरबहादुर अझै फरार छन्।
Facebook Comments Box