Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन्। स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन्। ‘एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ’, उनले भने, ‘स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ।’ उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन्। पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन्। बजारको मागअनुसार काँक्रोका जात…

Read More

रुपन्देही: रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गए राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यलयलका प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुई समूहबीच झडप भएको थियो। झडपमा परी तीन जना घाइते भएका छन् । प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको मेडिकल कलेजमा उपचार भइरहको छ।

Read More

डडेल्धुराः सरकारी कर्मचारीको टिमले मैत्रीपूर्ण भलिबलको उपाधि जितेको छ। ८ औं सविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा आयोजित प्रतियोगिताको उपाधि सरकारी कर्मचारीको टिमले जितेको हो। मंगलबार भएको फाइनलमा सरकारी कर्मचारीको टिमले नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखालाई २–० को सोझो सेटमा हराउँदै उपाधि हात पार्न सफल भएको हो। चार वटा टिम सहभागी रहेको प्रतियोगितामा सरकारी कर्मचारीको टिमले राजनीतिक दललाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले अमरगढी नगरपालिकालाई २–० को सोझो सेटमा नै पराजित गर्दै फाइनल पुगेको थियो। खेल डडेल्धुरा बहुमुखी क्याम्पसको मैदानमा भएको थियो।

Read More

डडेल्धुराः अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित ऐतिहासिक अमरगढी किल्लाको सरसफाइ गरिएको छ। समुद्री सतहबाट लगभग ६ हजार ५०० फिट उचाइमा रहेको किल्लाको सरसफाइ गरिएको हो। आज संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समिति डडेल्धुराको आयोजनमा किल्ला सरसफाइ गरिएको हो। किल्लाभित्र जथाभावी रुपमा उम्रिएका भारपात उखेरेर किल्लाको सफाइ गरिएको छ। सरसफाइ कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न राजनीतिक दल, पत्रकारहरूको सहभागिता रहेको थियो।

Read More

काठमाडौं: नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल ओलीले आफ्नो मोबाइल(आइफोन) हराएको जानकारी गराएकी छिन्। गत भदौ १७ गते पार्टीको प्रदेश अधिवेशनका बेला बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट मोबाइल हराएको भन्दै उनले आज असोज २ गते जानकारी गराएकी हुन्। सामाजिक संजाल फेसबुकमा पोष्ट राख्दै उनले उक्त आइफोनमा महत्त्वपूर्ण नम्बर, डकुमेन्ट तथा फोटोहरु रहेकाले पाउनेले फिर्ता गरिदिन आग्रह गरेकी छिन्। साथै आइफोन फिर्ता गर्नेलाई अर्को मोबाइल दिने पनि उनले बताएकी छिन्।

Read More

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति कैलालीको घोडाघोडी नगरपालिका–४ डङडङ्गेस्थित सडकमा से५प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१ का २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीकोे घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो। यस्तै घाइते मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय विरेन्द्र चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ९ शंकरपुर स्थित सोही ठाँउ बस्ने कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्ने गौरीगंगा नगरपालिका ७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको सोमबार मृत्यु भएको हो। साँझ सटर बन्द गर्ने क्रममा सटरमा विद्युत चुहावट भएको कारण अचानक करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-८ मा रहेको गौडी खोलामा डुबेर सोही ठाँउ नौखुरी बस्ने मान बहादुर डगौराको छोरी १३ वर्षीया सृष्टि डगौराको सोमबार मृत्यु भएको हो। दिउँसो गौडी खोलामा नुहाउन गएकी सृष्टि घरमा नफर्केकोले खोजतलास गर्ने क्रममा खोलामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको पाइएको छ। मन्त्रालयबाट आउने विभिन्न प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस गरिन्छन् र सोही आधारमा मन्त्रिपरिषद्ले निर्णयसमेत गर्छ। तर, त्यसरी आउने कैयौं प्रस्तावहरूमा गल्ती भेटिन थालेपछि प्रस्तावहरू त्यसै फिर्ता हुने क्रम बढेको छ। विगतमा ललितानिवास प्रकरण तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिवहरूबाटै प्रस्ताव गएको र फाइलहरू अघि बढ्दा ठुलो अपराध भएको थियो। त्यसयता पनि सचिवहरूद्वारा लगिएका कैयौं प्रस्तावहरू नियमविपरीत हुने गरेको र हचुवामा प्रस्ताव पठाउने गरेको देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। मन्त्रालयबाट आउने प्रस्ताव कानुनविपरीत हुने गरी आउन थालेपछि…

Read More

काठमाडौैं:  ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ नयाँ बनेको छ। सोमबार राजपत्रमा प्रकाशित निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन। साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ। कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा बिचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिईने निर्देशिकामा उल्लेख छ। यस्तै साथै एक वर्षभन्दा कम सजाय हुने अपराधमा परेकाले पनि अब प्रहरी रिपोर्ट पाउने भएका छन्। यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा…

Read More