काठमाडौं: नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल ओलीले आफ्नो मोबाइल(आइफोन) हराएको जानकारी गराएकी छिन्। गत भदौ १७ गते पार्टीको प्रदेश अधिवेशनका बेला बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट मोबाइल हराएको भन्दै उनले आज असोज २ गते जानकारी गराएकी हुन्।
सामाजिक संजाल फेसबुकमा पोष्ट राख्दै उनले उक्त आइफोनमा महत्त्वपूर्ण नम्बर, डकुमेन्ट तथा फोटोहरु रहेकाले पाउनेले फिर्ता गरिदिन आग्रह गरेकी छिन्। साथै आइफोन फिर्ता गर्नेलाई अर्को मोबाइल दिने पनि उनले बताएकी छिन्।
Facebook Comments Box