डडेल्धुराः नेपाल स्वयमसेवी रक्तदाता समाज डडेल्धुराको अध्यक्षमा उपेन्द्र जोशी चयन भएका छन्। जिल्ला सदरमुकाममा बसेको बैठकले जोशीलाई अध्यक्षमा चयन गरेको हो। यसैबीच, रक्तदाता समाजले १२ सदस्यीय समिति पनि चयन गरेको छ। समितिको उपाध्यक्षमा माधव पन्त, महासचिवमा पुष्पराज पन्त, सचिवमा जयराज पाठक र कोषध्यक्षमा प्रकाश जोशीलाई चयन गरेको छ। यस्तै सदस्यमा गणेश बिष्ट, नरेश पनेरु, मोहन देउवा, तीर्थराज भट्ट, सावित्री ऐर, पुजा बस्नेत र राजेन्द्र पनेरुलाई चयन गरेको छ।
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुराः कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्टको सरुवा भएको छ। भट्टको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुरमा सरुवा भएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमको भदौ २७ गतेको निणय अनुसार अधिकृत स्तर पाँचौ, छैटौ, सातौ र आठौं तहका २२ जनाको सरुवा भएको छ। उनको ठाउँमा को आउने भन्ने टुङ्गो लागेको छैन्।
पाल्पाः पाल्पामा तीज कार्यक्रममा झडप हुँदा एक युवकको ज्यान गएको छ। तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको हो। आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए। महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बतए । हत्याको…
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूको दाहसंस्कारका लागि ५ हजार प्रदान गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको ९औं स्थापना दिवसको अवसरमा विपन्न परिवारलाई दाहसंस्कार गर्न प्रति परिवार ५ हजार दिने निर्णय गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए। उनले आर्थिक अवस्था कमजोर भएका परिवारले खर्च लिन नगर प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे। त्यसपछि नगरपालिकाका प्रतिनिधिहरुले घरमै रकम गएर उक्त रकम दिने हमालले बताए।
डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का वडाअध्यक्ष नरेन्द्रबहादुर थापामगरले आफुले पाउने सेवा, सुविधा विद्यालयलाई सहयोग गर्ने भएका छन्। उनले आफ्नो वडामा रहेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सीपको विकासका लागि आफूले पाउने ४० हजार सहयोग गरेका हुन्। उनले शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न प्रति विद्यालय १० हजारका दरले ४० हजार दिएको वडा कार्यालयले जानकारी दिएको छ। साथै खेल शिक्षकहरुलाई खेलाडी पोशाक खरिद गर्न वडाअध्यक्ष थापामगरले ९ हजार सहयोग गरेका छन्। वडाअध्यक्ष नरेन्द्र थापामगर नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन्।
कैलाली: सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ। भाद्र १ गतेदिन गाडिएको ‘बुढी’लाई आज पाल्ने गरिन्छ। ‘बुढी’लाई राक्षशकी पुतनाको संघ्या दिने गरिएको छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ। यो भाद्र १ गते ओल्के संक्रान्तीको दिन कुनै बाटो वा चौतारामा गाड्ने गरिएको छ। सोही ‘बुढी’लाई आज पाल्ने गरिन्छ। सबैको घरघरबाट आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिएको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ। भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको…
धनगढीः कैलालीको टिकापुर नगरपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। टिकापुर नगरपालिका-१ पानी ट्याङ्की नजिकबाट १५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २९ वर्षीय कुवेरराज वनलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारि पक्राउ गरेको बताएको छ।
अछाम: अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जान धेरै पर्यटक आएका छन्। तर, भारत, अमेरिका, क्यानडा, पोल्यान्ड, इटाली, रुस, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मनी र थाइल्यान्डलगायतका देशबाट आएका उनी अहिले अलपत्र परेका छन्। विभिन्न देशबाट २ हजारभन्दा बढी व्यक्ति रामारोशनमा आएर बृहत् सम्मेलनमा सहभागी हुने सूचना सार्वजनिक भएको थियो तर त्यसको आधिकारिता भने हालसम्म कहीँकतैबाट पुष्टि नहुँदा विदेशी नागरिक अन्योलमा परेका हुन्। अछाम प्रवेश गरिसकेका र रामारोशन जाँदै गरेको अवस्थामा उनीहरु जयगढ बजारमा रोकिएका छन्। सरकारको इजाजतबिना आएका उनीहरु प्रवेश नाका चौखुट्टेमा रोकिएका छन् भने कोही सम्मेलन हुने भनिएको स्थलमा त्रिपाल टाँगेर बसेका छन्। यता सम्मेलनबारे तीनै…
कैलाली: कैलालीमा साइकलबाट नालामा खस्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नाला खस्दा हिजो(आइतबार) मृत्यु भएको हो। सोही नगरपालिकाको ४ नम्बर वडाको गिदिनिया नालामा साइकलबाट लडेर गम्भीर घाइते भएका थापाको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ
काठमाडौं: पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक हुँदै आएको छ। एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ। त्यसैलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै तीजका नाममा अनावश्यक तडक भडक नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी किरण जोशीले अनावश्यक तडक भडक तथा फजुल खर्च नगरी असल संस्कारको विकास गर्न सूचनमार्फत आग्रह गरेकी छिन्। साथै उनले अनावश्यक तडक भडक तथा खर्चिलो हुनेगरी तीजका कार्यक्रम गरे/गराएमा सुरक्षा निकायबाट निगरानी गरि कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएकी छिन्।