धनगढी : धनगढीमा टिप्पर र मोटरसाइकलको एक आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा धनगढी उपमहानगरपालिका-१३ का १८ वर्षीय अनिल कुवर रहेका छन्।
शनिबार प्रदेश प्रमुख कार्यालय अगाडी घरेलु चोकनिर से १ ख १८२० नम्बरको टिप्परले से ३ प ८४८ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कुवर गम्भीर घाइते भएका हुन्।
घाइते कुँवर नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box