नवलपुर : माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) नवलपुरका अध्यक्ष, उपाध्यक्षसहित धेरैले आफूहरु सो पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
कम्युनिस्ट विचारधाराबाट भने विचलन नहुने जनाउँदै राजिनामा गरिएको छ। उक्त पार्टीमा रहेर जिल्लामा राजनीति गरेका मुख्य व्यक्तिको राजिनामाले जिल्लामा माधवकुमार नेपालको नेकपा एस पार्टी संकटमा परेको छ।
पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीलाई गराइएको ध्यानाकर्षणमा कुनै छलफल र सुनुवाइ नभएको हुँदा पार्टीमा रहिरहने ओैचित्य समाप्त भएको सार्वजनिक भएको पत्रमा उल्लेख छ।
राजिनामा दिनेमा एसका जिल्ला अध्यक्ष झविलाल राना,उपाध्यक्ष प्रेमनारायण पाण्डे लगायत ३१ जना रहेका छन्।
Facebook Comments Box