कैलाली- धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन।बुधबार भएका क्वाटरफाइनलका खेलमा जित निकाल्दै दुबै विभागिय टोली अन्तिम चारमा पुगेका हुन्। बुधबार दिउसो भएको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो। २५–१७, २५–२१ २५–९ को सेटले आर्मीसंग प्रदेश नम्बर १ पराजित भएको हो। खेलका म्यान अफ द म्याच आर्मीका दुर्गा खड्का भए। बुधबार दिउसो नै भएको क्वाटरफाइनलको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ। पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो। खेलका म्यान…
Author: महेन्द्रनगर पोष्ट
कैलाली- कैलालीको गोदावरी नगरपालिकामा जग्गा नापीको काम सुरु भएको छ। गोदावरी नगरपालिका ५ बरबट्टाबाट नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गर्न सुरु गरेको हो। जग्गा नाप जाँचको गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिह साउँदले सुभारम्भ गरेका छन। उनले केन्द्रमा सरकार विगठन भएर आयोग विगठन हुँदा काममा ढिलाई भएको भएपनि अब काम दु्रत गतीमा अगाडी बढाईने बताए। उनले अहिले पनि दक्ष प्राबिधिकको अभाव भएपनि त्यसलाई व्यवस्थापन गरिरहेको बताए। जग्गा नापीको सुभारम्भ कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जग्गा नापीको काममा सहयोग गर्न स्थानीयलार्य आग्रह गरिन्। उनले जग्गा नापीको काममा विवाद भए काममा ढिलाई हुन सक्ने…
काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी (नेवि)संघ र नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेका छन्। देउवाले काठमाडौंका दुजाङ शेर्पालाई नेवि संघ र पर्वतका विद्वान गुरुङलाई तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गरेका हुन्। गत फागुन ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार देउवाले रिक्त पदमा नियुक्ती गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ।
दाङ- दाङमा प्रहरीले आफू अपहरणमा परेको नाटक गरी झूटा अफवाह फैलाउने रुकुमका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिम बाफिकोट गाउँपालिका-९ बस्ने २४ वर्षीय जनक देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।जिप्रका दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार देवकोटाले तुलसीपुर उपमहानगरपालिका-४ नयाँबस्तीस्थित हरिप्रसाद रिजाल सञ्चालक रहेको ड्रागन कृषि फर्ममा श्रीमती र एक छोरीसहित काम गर्दै आएका थिए। उनी चैत ६ गते तुलसीपुर बजार जान्छु भनी गएका थिए। करिब दिउँसो ४ बजेतिर उनकी श्रीमती पवित्रा देवकोटाको मोबाइलमा तपाईँको बूढा हामीसँग सुरक्षित छ, हामी एउटै पार्टीका रहेछौँ।…
कैलाली- भोलि देखि धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपतिटोलमा मा १५औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ। उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने भएका छन्। आयोजक कैलाली उद्योग वणिज्य संघले बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै तयार ९५ प्रतिशत पूरा भएको बताएको छ। झण्डै तीन सय स्टलहरुमा ९० प्रतिशत बुक भएका छन्। महोत्सवको तयारी लगभग पूरा उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए। उनले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राखिने बताए। धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग राखिने उनले बताए। चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेको भन्दै सचेत रहेको…
कञ्चनपुर-भारतको उत्तराखण्ड राज्यमा भारतीय जनता पार्टी (भाजपा)का नेता पुष्करसिंह धामी ले मुख्यमन्त्रीको सपथ लिएका छन्। सपथ समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अभित शाह, विजेपी अध्यक्ष जेपी नड्डा सहित भारतमा विजेपी शासितसित नेताहरुको समारोहमा उपस्थित थियो। मुख्यमन्त्रीमा धामीले दोस्रो कार्यकालका लागि सपथ लिएका हुन्। अन्य ८ जना मन्त्रीले समेत सपथ लिएका छन्। धनसिंह रावत, गणेश जोशी, रेखा आर्य, सुबोध उनियाल, सौरभ बहुगुणा, प्रेमचन्द अग्रवाल, चन्दनराम दास र सतपाल महाराजले मन्त्री पदको शपथ लिएका छन्। सपथ ग्रहण कार्यक्रम देहरादूनस्थित परेड ग्राउन्ड भएको थियो।
दार्चुला – सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाको २९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ग्रामिण विकास समाज नेपाल दार्चुलाका अध्यक्ष हरि प्रसाद अवस्थीको अध्यक्षतामा भएको बार्षिक साधारण सभा कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा लेखा समितिका संयोजक नन्दा बमको प्रमुख आर्थित्यता तथा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको विशिष्ट आर्थित्यतामा संस्थाको २९ औ वार्षिक सधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाका टिम लिडर असोकराज ओझाले गत आर्थिक वर्षको हाल सम्म भएका काम तथा प्रगति समिक्षाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उनले संस्थालाई यहाँ सम्म पुर्याउनमा सहयोग गर्ने सम्पुर्णमा धन्यबाद दिनु…
काठमाडौं – आज बुधबारबाट भूतपूर्व सैनिक सम्मेलन–२०७८ सुरु भएको छ । दिपायलथित नं. ५ बाहिनी अड्डामा नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सो सम्मेलन सुरु भएको हो । प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्य र नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भूपू सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा सम्मेलन सुरु गरिएको हो । सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी जम्मा ७ जिल्लाहरुमा बसोबास गर्ने करीब ६५० जना भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा…
काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज बुधबार आयोजित एक समारोहबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरि माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गरेकी हुन् । उक्त कार्यक्रममा बोल्नुहुदै माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बढ्दो सवारी साधन संगसंगै भईरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई निरूत्साहित एवम् नियन्त्रण गर्नका लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताइन् । उनले ट्राफिक प्रहरीलाई प्रविधियुक्त…
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित भारतीय बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् । भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनकाे भनाइ थियाे । हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ । हम आपको स्वागत करनेके लिए आतुर हे ।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए । आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए । मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन् । जवाफमा…