काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी (नेवि)संघ र नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेका छन्।
देउवाले काठमाडौंका दुजाङ शेर्पालाई नेवि संघ र पर्वतका विद्वान गुरुङलाई तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गरेका हुन्।
गत फागुन ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार देउवाले रिक्त पदमा नियुक्ती गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ।
Facebook Comments Box