कैलाली- कैलालीको गोदावरी नगरपालिकामा जग्गा नापीको काम सुरु भएको छ। गोदावरी नगरपालिका ५ बरबट्टाबाट नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गर्न सुरु गरेको हो।
जग्गा नाप जाँचको गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिह साउँदले सुभारम्भ गरेका छन। उनले केन्द्रमा सरकार विगठन भएर आयोग विगठन हुँदा काममा ढिलाई भएको भएपनि अब काम दु्रत गतीमा अगाडी बढाईने बताए। उनले अहिले पनि दक्ष प्राबिधिकको अभाव भएपनि त्यसलाई व्यवस्थापन गरिरहेको बताए।
जग्गा नापीको सुभारम्भ कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जग्गा नापीको काममा सहयोग गर्न स्थानीयलार्य आग्रह गरिन्। उनले जग्गा नापीको काममा विवाद भए काममा ढिलाई हुन सक्ने बताईन।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न कैलालीको गोदावरी नगरपालिका र राष्ट्रिय भूमि आयोग बिच पुस २४ गते सम्झौता गरिएको थियो।