Author: महेन्द्रनगर पोष्ट

अछाम: अछाममा चितुवाले आठ बाख्रा मारेको छ। गएराति चितुवाले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एकै कृषकका आठ बाख्रा मारेको हो । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको स्थानीय लक्ष्मी खड्काले जानकारी दिए । घरबाट करिब १५ मिनेट टाढा रहेको गोठमा भैँसी, गोरुसँगै रहेका बाख्रा मारेको उनले बताए । पछिल्लो समय एक महिना यता त्यस क्षेत्रमा १५ बाख्रा मारिसकेको स्थानीयको भनाइ छ । बाख्रासँगै चितुवाले केटाकेटी वा अन्य मान्छेलाई आक्रमण गर्ने होकि भनेर गाउँलेहरू चिन्तित बनेका छन् ।

Read More

काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ डिआइजी र १० जना एसएसपीको सरुवा गरेको छ । मन्त्रालयले सशस्त्रका नायब महानिरीक्षक (डिआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ । प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ । सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ । त्यस्तै, एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय…

Read More

धनगढी : कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–१ की ६० वर्षीया वेलासी डगौराको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर डगौराको मृत्यु भएको हो। साथै उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

किमाथाङ्का (सङ्खुवासभा): सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो । कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने प्रनाउ गोदारले बताए । घटना लगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको…

Read More

काठमाडौँ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्। कोशीमा ९३ जना सांसद छन्। तर सोमबारको प्रदेश सभा बैठकमा भने ७७ जना सांसद मात्रै उपस्थित रहेका थिए। नेकपा एमाले र राप्रपाका केही सांसद आजको बैठकमा अनुपस्थित रहेका थिए। मुख्यमन्त्री थापाका पक्षमा ४७ जनाले मत दिए भने विपक्षमा ३० जना सांसदले मत दिएका छन्। मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको आजको बैठक सञ्चालन गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरे।

Read More

काठमाडौं: नेपाल बालविकास शिक्षक समिति,गोदावरी नगर,कैलालीले लामो समय बालविकास शिक्षकको रूपमा विद्यालयमा सेवा गरी अवकाश भएका शिक्षक उमाकान्त शर्मालाई सम्मान गरेको छ । शर्मालाई बालविकास शिक्षकहरूले ५/५ सय रुपैयाँ उठाई ४० हजार १५० रुपैयाँ जम्मा गरी सो रकम, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको बालविकास शिक्षक समिति सुदूरपश्चिमकी अध्यक्ष लक्ष्मी भट्टले जानकारी दिइन् । शर्माले २०६२ सालदेखि अनवरत रूपमा बालविकास शिक्षक भएर विद्यालयमा सेवा गर्दै आएका थिए । स्थानीय सरकारले गर्न नसकेको काम बालविकास शिक्षकले गरेको भन्दै शिक्षक शर्माले गहभरि आँसु राखेर धन्यवाद दिए । आफू अवकाश भएर गए पनि बालविकासलाई सधैं सहयोग गर्ने शर्माले बताए ।

Read More

काठमाडौं : सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी सरुवाको निर्णय गरेका हुन् । सरुवा सुचीअनुसार काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भुपेन्द्र बहादुर खत्रीको सरुवा भएको छ। त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । त्यस्तै डा. मनोज कुमार केसीको महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालय, सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद सचिवालय र दान बहादुर कार्कीको प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएको छ ।

Read More

धनगढीः काठमाडौँ प्रहरी प्रमुखको सरुवा भएको छ। स्रोतकाअनुसार गृह मन्त्रालयले काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको सरुवा गरेको हो। सरुवापछि उनको ठाँउमा भुपेन्द्र खत्रीलाई ल्याएको छ। खत्री यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा थिए। कार्कीले आफ्नो सरुवा भएको भर्खर थाहा पाएको बताउँदै थप कुरा बुझिरहेको बताए।

Read More

काठमाडौँ: गत बुधबारदेखि हराएका दार्चुलाको लेकम गाउँपालिका-२ बिटोरास्थित श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अनिरुद्ध भट्ट अझै फेला परेका छैनन् । उनी गत बुधबार (साउन ३१ गते) दिउँसो करिब १ बजेदेखि हराएका थिए । उनका भाइ लोकेन्द्र भट्टले आमाले दिउँसोको खाना पकाइरहेका बेला घरबाट निस्केका दाजु अझैसम्म फेला नपरेको बताए। ‘३१ गते दिउँसो करिब १ बजेतिर घरबाट निस्कनुभएको हो। आज पनि खोज्न गएका थियौँ, भेटिनुभएको छैन,’ प्रधानाध्यापक लोकेन्द्रले भने, ‘आमा खाना बनाउँदै हुनुहुन्थ्यो, दाइ बाहिर बसेर आँप खाँदै हुनुहुन्थ्यो, पछि खाना बोलाउँदा त भेटिनुभएको छैन।’ लोकेन्द्रका अनुसार घरबाट करिब पाँच सय मिटर तल भीर छ। भीरको डिलमा बुधबार दिउँसो नै चप्पल…

Read More

काठमाडौँ : अपराधमा मुछिएका कम्तीमा १ सय ५० जना बालबालिका तथा किशोरहरू भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट भागेका छन् । सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । केही भागेका बालबालिका तथा किशोरहरूलाई नियन्त्रणमा लिइ सकिएको छ । कति र कहाँबाट पक्राउ परे भन्नेबारे यकिन भई नसकेको रिजालले बताए । प्रजिअ रिजालले प्रशासनलाई बताए अनुसार आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए । प्रदर्शनका क्रममा…

Read More