Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा शिक्षिका मृत भेटिएको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडाल मृत भेटिएको घटनामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा बिहीबार बिहान डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। उनकाअनुसार चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृतक र पक्राउ परेका विवाहित कोट्टारी प्रेम सम्बन्धमा थिए। उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको…

Read More

धनगढीः ६१ किलो सुनकाण्डले देश तातिरहेका बेला पूर्वी नेपालको सीमावर्ती क्षेत्र सिराहाबाट पाँच केजी चाँदीको गहना प्रहरीले बरामद गरेको छ। एक भारतीय नागरिकले नेपाल भित्र्याउँदै गरेको उक्त परिमाणको चाँदी प्रहरीले समातेको हो। नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपालतर्फ आइरहेका पैदल यात्री ५२ वर्षीय विश्वनाथ साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। विशेष सुराकीका आधारमा चेकजाँच गर्दा कपडाको धोक्रोमा हाली नाइटोभन्दा मुनि कम्मरमा बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीसपी रविन्द्र पाण्डेले बताए। पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित इलाका…

Read More

काठमाडौंः नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। खत्रीले शुक्रबार टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन्। केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो। २०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी आफ्नो ब्याचबाट एसएसपी बढुवा हुँदा दोस्रो नम्बरमा रहेका थिए।

Read More

धनगढीः सिरहामा प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुली गर्न खोज्ने एकजना पक्राउ परेका छन्।बिहीबार साँझ सिरहाको बडियारपट्टी गाउँपालिका ३ मा व्यवसायीलाई धम्क्याइरहेको अवस्थामा उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा लक्ष्मीपुरपतारी गाउँपालिका १ का मुकुन्दकुमार साह रहेको प्रहरीले जनाएको छ। भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी २ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपालिका १ का सदन नारायण दासलाई उनले धम्क्याईरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। साहलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको बताइएको छ।

Read More

धनगढीः कञ्चनपुरमा विद्यालयका लेखापाललाई कुटपिटको आरोप लागेका ८ मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाललाई कुटपिट गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार किटानी परेकामध्ये ४ जना पक्राउ परेका छन्। किटानी जाहेरीमा नाम उल्लेख भएका स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए। कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका वासिन्दा दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी डाँगीको भनाई छ। आइतबार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत १ छात्रामाथि…

Read More

काठमाडौं: लगानी बोर्डको बैठकले ४ ओटा जलविद्युत परियोजनाको लागि लगानी स्वीकृत गरेको छ। आज बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको ५५औं बैठकले लगानी स्वीकृत गरेको हो। जसमा चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) रहेका छन्। यी परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ। यस्तै लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको छ।  त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २०…

Read More

बैतडीः बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो। आर्थिक वर्ष २०७८/७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए। गत आर्थिक वर्ष २०७९/८० मा भने ६ हजार तीन सय ३८ जनाले नागरिकता बनाएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यता राहदानी बनाउनेको संख्या भने ह्वात्तै बढेको छ। आव २०७८/७९ मा ६ सय २२ जनालाई राहदानी वितरण गरिएकोमा गत वर्ष २०७९/८० मा जिल्लामा दुई हजार ६ सय ८० जनालाई राहदानी वितरण गरिएको छ।

Read More

धनगढी: धनगढीमा एक युवक घरमै मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका –७ बस्ने ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) गएराति (बिहीबार) आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता इन्सपेक्टर सन्तोष बस्यालका अनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। अहिले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरी स्रोतका अनुसार पहिले लम्की दिदीको घरमा बस्दै आएका लागुऔषध प्रयोगकर्ता समेत रहेका उनलाई ३ पटक सुधारकेन्द्रमा राखिएको थियो। त्यसपछि सुधारकेन्द्रबाट निस्किएका उनी धनगढी आएका थिए। त्यसको लगत्तै उनलाई चिकित्सकले डिप्रेसनको समेत समस्या देखाएको प्रहरीले बताएको छ। उनको त्यहीँ अवस्थाका कारण पत्नीसँगको पनि सम्बन्धमा खटपट आयो।…

Read More

कञ्चनपुर: कञ्चनपुरका एक पुरुष भारतमा बेपत्ता भएका छन्। कञ्चनपुरकाे वेदकाेट नगरपालिका-१० स्थायी घर भइ भारतमा सेक्युरिटी गार्डकाे काम गर्दै आएका ५० वर्षीय नवलसिह कठायत भदौ ४ गतेदेखि सम्पर्क विहिन भएका हुन्। बिहान ९ बजे काेठाबाट निस्केको कठायत नफर्किएपछि भारतमा उनीसँगै बस्दै आएका श्रीमती र छाेराले खाेजीका लागि स्थानीय प्रहरीमा निवेदन दिएका छन्। कठायतलाई नेपाल वा भारतमा कही कतै देखे, भेटेमा नजिककाे प्रहरी चाैकी वा ९८०६४९२३१६ र  भारतमा ७९७५५३३२७११ नम्बरमा फाेन गरेर खबर गरिदिन अनुराेध गरिएको छ।

Read More

धनगढीः कैलालीको धनगढीका एक युवक आफ्नै घरभित्र मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–७ का ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) आफ्नै घरमा मृत फेला परेका हुन्। गएराति ११ बजेतिर उनको आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको मृत्युको कारण अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। चन्दुको शव अहिले पोष्टमाटमका लागि सेती अस्पतालमा राखिएको छ।  

Read More