Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए । “शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्छन्,” उनले भने, “बिस्तारै बिस्तारै उनको स्वास्थ्यमा सुधार हुन्छ ।” डा. नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उनलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताए । उनका अनुसार नेता भण्डारीको पुनः मङ्गलबार घाउको ड्रेसिङ गरिनेछ । करिब छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनको यही साउन ३१ गते छालाको…

Read More

काठमाडौँ : शुक्रबार नेपाल आएका भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई पशुपतिनाथमा स्वागत गरिएको छ । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि काठमाडौँ आइपुगेका नलाई पशुपतिनाथको दर्शनका लागि आउने क्रममा पशुपति विकास कोषले स्वागत गरेको हो । उनलाई कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले दीप प्रज्वलनसहित स्वागत गरेका थिए । पशुपतिको दर्शनपछि शास्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको छ । शनिबार उनी चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । शनिबारदेखि सोमबारसम्म त्यहाँ हनुमान कथा वाचन गर्नेछन् ।

Read More

दाङ : दाङ बंगलाचुली गाउँपालिका-४ मैकुटीका आमाछोरीको जंगली च्याउ खाँदा मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार मृत्यु भएको प्रहरीले जनाएको छ । आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो भने गत बुधबार छोरी अस्मिताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । मृतक ईश्वरीका श्रीमान भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ उनीहरु खाएका थिए ।

Read More

काठमाडौं : ६० किलो सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ । ‘उनीहरु नेपाली नागरिकता लिएर नेपालमा बसेको देखिन्छ । उनीहरुसँग चिनियाँ पासपोर्टमा पनि छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने । मोटरसाइकलमा लाग्ने ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा सीआईबीले सुन तस्करी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गरेका छन् । झापाको बिर्तामोडमा आज शुक्रवार आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको बताएका हुन् । सभापति लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउँदै राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध गर्न नहुने उल्लेख गरे । ‘नागरिकका धेरै कुरा उठाउनु छ’, उनले भने, चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको…

Read More

काठमाडौँ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृतसहित ३ जना भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार परियोजना कार्यान्वयन इकाई चितवनमा कार्यरत वरिष्ठ कृषि विकास अधिकृत गोपीनाथ भुसाल, बालिका कुमारी गिरी र सोमनाथ घिमिरेलाई दोषी ठहर गरेको हो । खुसीप्रसाद थारु र शालिग्राम कोइरालाको इजलासले उक्त फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप-पत्र दायर गरेको थियो ।

Read More

एजेन्सी: भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो तीन जना पुरुषलाई गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले । घटनामा गाउँका तीन जनाको ज्यान गएको छ’, उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ । बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा अहिलेसम्म राज्यमा…

Read More

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेका १६ वर्षीय चन्द्र सिंह बोहरा करेन्ट लागेर गम्भीर घाइते भएका छन् । उनलाई सुर्नया–८को आलुगैरा भन्ने स्थानमा खोडपे–ढोल्यामोड–पुर्चाैडीका लागि तानिएको थ्रीफेस विद्युत लाइनको लत्रिएको तारबाट करेन्ट लागेको आफन्त भानबहादुर बोहराले बताए । गोठाला गएका बेला उनलाई करेन्ट लागेको बताइएको छ । बोहराको ढोल्यामोडको जनप्रिय आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

Read More

काठमाडौँ: नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, उपविजेताले रु ३० लाख र दोस्रोले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा हुने अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले…

Read More

धनगढी: कैलाली जिल्ला अदालतमा एकै वर्षमा तीन सयभन्दा बढी जबरजस्ती करणीका मुद्दा दायर भएका छन् । जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी र बाल यौन दुराचार गरी आर्थिक वर्ष ०७९/०८० मा मात्र कैलाली जिल्ला अदालतमा ३०३ उजुरी दर्ता भएका हुन् । अदालतको प्रतिवेदनअनुसार सबैभन्दा बढी जबरजस्ती करणीका १ सय ९७ उजुरी दर्ता भएका छन् । जसमध्ये १ सय ६ वटा उजुरीमा कारबाही भएको छ । जबरजस्ती करणी उद्योगमा ७९ वटा मुद्दा दर्ता भएकामा ३० उजुरीमा कारबाही भएको छ । बाल यौन दुराचारका २१ उजुरीमध्ये ९ वटाको मात्र अदालतबाट टुंगो लागेको छ । हाडनाता करणी सम्बन्धी ६ वटा उजुरीमध्ये २…

Read More