बैतडी: बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेका १६ वर्षीय चन्द्र सिंह बोहरा करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।
उनलाई सुर्नया–८को आलुगैरा भन्ने स्थानमा खोडपे–ढोल्यामोड–पुर्चाैडीका लागि तानिएको थ्रीफेस विद्युत लाइनको लत्रिएको तारबाट करेन्ट लागेको आफन्त भानबहादुर बोहराले बताए । गोठाला गएका बेला उनलाई करेन्ट लागेको बताइएको छ ।
बोहराको ढोल्यामोडको जनप्रिय आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
Facebook Comments Box