धनगढी: कैलाली जिल्ला अदालतमा एकै वर्षमा तीन सयभन्दा बढी जबरजस्ती करणीका मुद्दा दायर भएका छन् ।
जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी र बाल यौन दुराचार गरी आर्थिक वर्ष ०७९/०८० मा मात्र कैलाली जिल्ला अदालतमा ३०३ उजुरी दर्ता भएका हुन् ।
अदालतको प्रतिवेदनअनुसार सबैभन्दा बढी जबरजस्ती करणीका १ सय ९७ उजुरी दर्ता भएका छन् । जसमध्ये १ सय ६ वटा उजुरीमा कारबाही भएको छ । जबरजस्ती करणी उद्योगमा ७९ वटा मुद्दा दर्ता भएकामा ३० उजुरीमा कारबाही भएको छ ।
बाल यौन दुराचारका २१ उजुरीमध्ये ९ वटाको मात्र अदालतबाट टुंगो लागेको छ । हाडनाता करणी सम्बन्धी ६ वटा उजुरीमध्ये २ वटा उजुरीमाथि कारबाही भएको छ ।
Facebook Comments Box