Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: युक्रेनका रक्षामन्त्री बर्खास्त भएका छन् । राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गरेका हुन् । रुससँग युद्ध भइरहेका बेला उनी बर्खास्तमा परेका हुन् । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको ठाउँमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नियुक्त गरिएको बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले रुससँग ५ सय ५० दिनभन्दा लामो समयदेखि चलिरहेको युद्धका लागि उमरोभ जस्ता व्यक्तिको नेतृत्व आवश्यक रहेको बताएका छन् । रुसँंगको युद्धमा देशको रक्षा क्षेत्रमा नयाँ नेतृत्व चाहिएकोले रक्षामन्त्री फेरिएको उनको भनाइ छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई जनही एक/एक लाख रुपैयाँ दिने भएको छ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलंकामा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिइने प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको जनाइएको छ । एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

Read More

काठमाडौँ: सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १३ हजार रुपैयाँ पुगेको छ । यस्तै, चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ पुगेको छ ।

Read More

ताप्लेजुङ: नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए । लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौँ गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन् । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट बैतडी जाने भएका छन् । उनी मन्त्री भएपछि आज पहिलो पटक गृह जिल्ला बैतडी जान लागेका हुन् । मन्त्री भट्ट आज साँझ पाटन पुग्ने र ४ दिन बैतडीको भ्रमणमा रहने उनको निजी सचिवालयले जनाएको छ । उनका स्वकीय सचिव चक्रप्रसाद शर्माका अनुसार उनी भोलि मणिलेक मावि काँडा मेलौलीको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनेछन् । भदौ २० गते भेटघाटका साथै कार्यालय प्रमुखहरुसँग छलफल र निर्देशन दिने कार्यतालिका रहेको छ । भदौ २१ गते भेटघाट कार्यक्रम गरेर भदौ २२ गते धनगढी फर्कनेछन् ।

Read More

काठमाडौँ: काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताए । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यानका चालक बारा घर…

Read More

रुकुमपश्चिम: रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको उनले बताए । मनोजको एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला फरेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले अवैध कुखुराका चल्ला फेला पारेको छ । जिल्लाको बेलौरी नगरपालिका-६ भुराकोटमा आइतवार अवैध रुपमा भारतबाट ल्याइएका कुखुराका चल्ला प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले अन्दाजी ५० हजार मूल्य बराबरका ५०० कुखुराका चल्ला बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको बताइएको छ । बरामद गरिएका चल्ला आवश्यक प्रकृया पुरा गरी नष्ट गरिएको बेलौरी प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन्। शनिबार बेलुका बालेनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ उनले सिंहदरबार जलाउने कुरा गरेपछि उनकाे चाैतर्फी आलाेचना भएकाे थियाे।

Read More

बैतडी: भदौ ७ गते गौरा नमनाएका ठाउँमा सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ। यो वर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन्। केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने केही ठाउँमा आजदेखि गौरापर्व सुरु भएको छ। गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै आजदेखि गौरा शुरु भएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए। गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्। पौराणिक कालमा भगवान  महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि…

Read More