कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई जनही एक/एक लाख रुपैयाँ दिने भएको छ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो ।
एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलंकामा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिइने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको जनाइएको छ । एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
Facebook Comments Box