धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट बैतडी जाने भएका छन् । उनी मन्त्री भएपछि आज पहिलो पटक गृह जिल्ला बैतडी जान लागेका हुन् ।
मन्त्री भट्ट आज साँझ पाटन पुग्ने र ४ दिन बैतडीको भ्रमणमा रहने उनको निजी सचिवालयले जनाएको छ । उनका स्वकीय सचिव चक्रप्रसाद शर्माका अनुसार उनी भोलि मणिलेक मावि काँडा मेलौलीको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनेछन् ।
भदौ २० गते भेटघाटका साथै कार्यालय प्रमुखहरुसँग छलफल र निर्देशन दिने कार्यतालिका रहेको छ । भदौ २१ गते भेटघाट कार्यक्रम गरेर भदौ २२ गते धनगढी फर्कनेछन् ।
Facebook Comments Box