Author: महेन्द्रनगर पोष्ट

रुकुमपश्चिम: रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको उनले बताए । मनोजको एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला फरेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले अवैध कुखुराका चल्ला फेला पारेको छ । जिल्लाको बेलौरी नगरपालिका-६ भुराकोटमा आइतवार अवैध रुपमा भारतबाट ल्याइएका कुखुराका चल्ला प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले अन्दाजी ५० हजार मूल्य बराबरका ५०० कुखुराका चल्ला बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको बताइएको छ । बरामद गरिएका चल्ला आवश्यक प्रकृया पुरा गरी नष्ट गरिएको बेलौरी प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन्। शनिबार बेलुका बालेनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ उनले सिंहदरबार जलाउने कुरा गरेपछि उनकाे चाैतर्फी आलाेचना भएकाे थियाे।

Read More

बैतडी: भदौ ७ गते गौरा नमनाएका ठाउँमा सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ। यो वर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन्। केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने केही ठाउँमा आजदेखि गौरापर्व सुरु भएको छ। गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै आजदेखि गौरा शुरु भएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए। गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्। पौराणिक कालमा भगवान  महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि…

Read More

रौतहट : रौतहट प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ १४ गते साँझ घर छेउबाटै हराएपछि घरपरिवारले खोजतलास गर्दै जाँदा छिमेकीले अपहरण गरेको खुल्न आएको थियो। गाउँलेद्वारा नै बालिका अपहरण गरिएको थाहा भएपछि शनिवार बिहान ५ बजेको समयमा बोरामा बाँधिएको अवस्थामा खुश्बु फेला परेको निजका बुवा अवधेशकुमार महतोले बताए। छोरीलाई छिमेकी रञ्जित साह र नरेश साहले अपहरण गरेर बेच्न भारत पुर्‍याएका थिए। दुईजनाले अपहरण गरेर लगेको कुरा खुलेपछि उनीहरूका परिवारमाथि दबाव दिएपछि भोलिपल्टै गाउँछेउमा ल्याएर छाडेका थिए। दुबै आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा…

Read More

जनकपुरधाम: नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ। उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन्।  आज एसिया कपमा भारत-नेपालबिच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ। 

Read More

काठमाडौंः असोज १ गते कोरियन भाषाको परीक्षा हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गर्नेे भएको हो। सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि चार सिफ्टमा सञ्चालन गर्ने तयारी भएको हो। दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)ले नेपालबाट दुुई हजार पाँच सय जनालाई ‘सिप बिल्डिङ’ का लागि लैजाने गरी आवेदन माग गरिएको थियो।

Read More

एजेन्सी: मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ। रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो। युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार दबाब बढिरहेको बेला मेटाले आफ्ना सेवाबापत शुल्क लिने निधो गरेको छ। मेटाको योजना अनुसार युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम नि:शुल्क चलाउन पाइने व्यवस्था गरिनेछ । साथै सशुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइनेछैन। फेसबुक तथा इन्स्टाग्रामको…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका ६ बैशाखा पुलबाट २.९५ ग्राम लागुऔषधसहित बेलौरी नगरपालिका ४ का ३८ वर्षीय रामसिंह बुडाल आइतवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरिएको जनाएको छ। बुडालले चलाएको मोटरसाइकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं: एसिया कपको पाँचौं तथा नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्दैछ। श्रीलंकाको केन्डीस्थित पल्लेकेले इन्टरनेसनल स्टेडियममा नेपाल भारत खेल खेल्ने कार्यतालिका रहेको छ। नेपाली समय अनुसार ३:१५ बाट खेल सुरु हुने छ। क्रिकेट इतिहास भारतको सिनियर टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको नेपाल नयाँ इतिहास बनाउने लक्ष्यमा मैदानमा उत्रिँदै छ। दुबै टिमका लागि एसिया कपमा अघिल्लो चरण प्रवेश गर्न एक अर्कालाई पराजित गर्नु पर्ने अवस्था रहैको छ। भारत पहिलो खेलमा पाकिस्तानसँग वर्षाका कारण अंक बाँड्न पुग्दा नेपाल भने २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

Read More