Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिस्‍‌ठानमा कार्यरत डीआईजी अभिकुमार खत्री बिदामा बसेर अमेरिका जाँदा आफ्नो कमाण्ड क्षेत्रमा कसैलाई पनि जानकारी नदिएको पाइएको छ। २२ दिन बिदा बस्दा डीआईजी खत्रीले कसैलाई पनि कार्यालयमा जानकारी नगराइएको पाइएको हो। कार्यालय प्रमुख बिदा बस्दा एक तह तलको अधिकृतलाई कार्यालयको निमित्त बुझाउनुपर्ने हुन्छ। तर खत्रीले यो प्रावधानलाई बेवास्ता गरेका छन्। उनले आफूभन्दा तल्लो तहका अधिकृत एसएसपी कमल तिमिल्सिनालाई चार्ज बुझाउनु पर्ने भए पनि बुझाएनन्। खत्री साउनमा आफ्ना परिवारका सदस्यसहित अमेरिका घुम्न गएका थिए। खत्री साउन ७  गते गएर साउन २९ गतेमात्रै कार्यालयमा हाजिर भएका थिए। सशस्त्र प्रहरीको मानव स्रोत विभागले मुख्यालयलाई जानकारी गराएर आपत्ति नै…

Read More

धनगढी: कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। गत साउन १४ गते आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। उक्त ट्याक्टरको ठक्करबाट अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए। उनको मायामेट्रो अस्पतल धनगढीमा उपचारका क्रममा हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीलेजनाएको छ। अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत डाउका ४ दिन भैपरी आउने बिदामा रहेका बेला मोटरसाइकल दुर्घटनामा परेका छन्। उनको घर बझाङको तल्कोट हो।

Read More

कैलाली: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ । बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ। रासस

Read More

लन्डन: सात जनाको शिशुको हत्या गर्ने बेलायती नर्स लुसी लेटबीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। उत्तरी इङ्गल्यान्डको एक अस्पतालमा काम गर्दा सात नवजात शिशुको हत्या र कम्तीमा छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतको अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो । न्यायमूर्ति जेम्स गसले आजीवन कारावासबाट प्रारम्भिक रिहाइको लागि सबै प्रावधान खारेज गरे र  उनको अपराधको गम्भीरतालाई लिएर ३३ वर्षीया नर्सले आफ्नो सम्पूर्ण जीवन जेलमा बिताउनु पर्ने घोषणा गरे।

Read More

बझाङः बझाङको एक परिवारका सदस्यमाथि मध्यराति अज्ञात व्यक्तिद्वारा चक्कु प्रहार गरिएको छ। बझाङको सुर्मा गाउँपालिका-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिककी श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन्।  काठमाडौंमा रहेका कलकले चक्कु प्रहार गर्ने व्यक्तिले साथमा रहेको मोबाइलसमेत लुटेर लगेको बताएका छन्। उनले दोषीलाई छिटो समातेर कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन्। घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Read More

भरतपुर: नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टालाग्ने भएको छ। सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ”, उनले भने। रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन्। ठूलो पहिरो…

Read More

काठमाडौं: कैलाली र बैतडीका २ गरि १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ। सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन्। सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका छन्। यस्तै, जवानहरूमा कैलालीका अमानत शेष, बैतडीका दीपकराज कपाडी, झापाका  प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का र नुवाकोटका प्रविन तामाङ र रहेका छन्। कार्यालयको…

Read More

कैलाली: कैलालीको टीकापुरबाट प्रहरीले २ सय मिलीग्राम ब्राउनसुगरसहित १ युवकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो टीकापुर नगरपालिका–३ कटानपुरबाट सोही ठाँउका १९ वर्षीय जितु चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरको गस्ती टोलीले शङ्का लागेर चेकजाँच गर्दा चौधरीको साथबाट ब्राउनसुगर फेला परेको बताइएको छ।

Read More

बैतडी: बैतडीको पञ्चेश्वरमा एक बालकको कंकाल भेटिएको छ। १४ वर्षीय रमेश भट्टको कंकाल भेटिएको हो। गत साउन ७ गतेदेखि हराएका भट्टको कंकाल सोमबार फेला परेको स्थानीय विरेन्द्र भट्टले बताए।  पञ्चेश्वर गाउँपालिका ४ कनिना डाङका भट्टको कंकाल खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयहरुले फेला पारेका हुन्। पञ्चेश्वर गाउँपालिका ३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको कंकाल फेला परेको हो खानेपानीको लाइन मर्मत गर्नका लागि पुगेका स्थानीयहरुले शव कुहेको गन्ध आएपछि परिवारलाई खबर गरेका थिए। रमेशले प्रयोग गरेरका चप्पल र कपडाको आधारमा उनको शव पहिचान भएको थियो। रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरिएको छ।  घरबाट हराएका रमेश सुस्त…

Read More

काठमाडौँ: हाल नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

Read More