बाजुरा : बाजुराको बडिमालिका नगरपालिकाले नगर भित्रका अतिविपन्न २ सय परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।
संबिधान दिवसको अवसर पारेर नगरपालिकाले नगरभित्रका अति विपन्न नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गरेको हो ।
आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या झेलिरहेका गरिव तथा बिपन्न परिवारलाई लक्षित गरी निशुल्क स्वास्थ्य बिमा गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
दिवसको अवसरमा आज जिल्ला अस्पताल बाजुरामा उपचारारत रहेका बडीमालिका ७ का नयन नेपालीको निशुल्क स्वास्थ्य विमा गरिदिएको छ ।
संबिधान दिवसका अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल बितरण संगै स्वास्थ्य सेवाबाट बञ्चित रहेका बिपन्न गरिव परिवारलाई निशुल्क स्वास्थ्य बिमा गर्ने नगरपालिकाले जनाएको छ ।
नगरभित्रका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोस भन्ने उदेस्यका साथ पहिलो चरणमा २ गरिव परिवारको निशुल्क स्वास्थ्य विमा गर्न लागेको नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताएका छन् ।