Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीबाट बेपत्ता भएका दुई बालक भारतको पलियामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट दुई बालक श्रावण ३१ गतेदेखि बेपत्ता रहेका थिए। आफन्तका अनुसार नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद आमाबुवालाई भट्न भनि हिनेका थिए। उनीहरुको आमाबुवा भारतमा रहेका छन्। कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। उनीहरु दुवै जना १२ वर्षीय हुन्। आफन्तका अनुसार उनीहरुलाई पलियाबाट आज सकुशल उद्दार गरिएको छ।

Read More

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा अवस्थित दुई वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ६५ लाख रकम भेटिएको छ। कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६० लाख नगद शुक्रवार भेटिएको थियो।  आइतबार दिउँसो २ बजे  कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात रहेको  १ करोड ५ लाख भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। अविरल वर्षाका कारण गत साउन २८ गते साँझ आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक तथा वित्तीय संस्था बाढीले डुबानमा परेको थियो।

Read More

कैलाली: करेन्ट लागेर कैलालीमा ७ वर्षीय बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ डी गाउँका पुष्पराज उपाध्यायको ७ वर्षीय छोरा बेदप्रसाद उपाध्यायको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो। आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छोइन गउ करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

बीरगञ्ज: सशस्त्र प्रहरी बल बाराको टोलीले २ नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरेको छ । बाराको देवताल गाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बोरामा हालेर लैजाने भारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पनि पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १२ गणमातहतको बीओपी दक्षिणझिट्कैयामा नजिकै बच्चाहरु रोएको आवाज सुनेर जाँच गर्दा बच्चा फेला पारिएको बताइएको छ । बालबालिकालाई अभिभावकलाई जिम्मा लगाइएको छ ।

Read More

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिका–४ छतिवनका ३१ वर्षीय वीरबहादुर विश्वकर्माको शव दैलेखमा फेला परेको छ। व्यापारकालागि साउन २१ गते कैलालीबाट दैलेख गएका उनी २९ गते देखी परिवारको सम्पर्कमा थिएनन्। विकको शव दैलेखको भगवती माई गाउँपालिका–१ को भेरी खोलामा हिजो (शनिवार) कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी किशोर लम्सालले बताए। शवको पोस्टमार्टम गरि विकका आफ्नतलाई जिम्मा लगाइसकेको डिएसपी लम्सालले जानकारी दिएका छन्। खोलाले बगाएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। “व्यापारका लागी खोला पारीको गाउँमा जाने क्रममा बगेको हुन सक्छ। खोला धेरै ठाडो छ। बगाउने क्रममा टाउकामा चोट लागेको होला भन्ने हाम्रो प्रारम्भिक अनुमान हो।…

Read More

दोधारा चाँदनी – महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो । पुल निर्माण कम्पनीले गत आवकै रु २२ करोड रकम पाउन बाँकी छ । तर चालु आवमा पुल योजनाका लागि रु १८ करोड मात्रै बजेट आएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर गुरुङले जानकारी दिए । “गत वर्ष पनि बजेट अभावकै कारण निर्माण व्यवसायीले गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।” गुरुङले भने, “चालु आवमा आएको बजेटले निर्माण व्यवसायीलाई तिर्न पुग्दैन ।” उनले बजेट…

Read More

डडेल्धुरा: आइतबार बिहान करिब २ बजे कृष्ण धामीलाई सर्पले डस्यो। जिल्लाको परशुराम नगरपालिका-११ डौणी बस्ने उनलाई अस्पताल अस्पताल लगिदै थियो। सडक सुविधाबाट टाढा रहेको उनको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लगिदै थियो। तर, १६ वर्षको कलिलो उमेरका उनले बाटोमै प्राण त्यागे। बाटोघाटोको असुविधाकै कारण धामीले ज्यान गुमाउनु परेको स्थानीय गणेश बोहराले बताए। धामी आलिताल गाउँपालिका ६ दोबाटामा रहेको सिद्धभगवती माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिए।

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो । उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा सङ् गठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध रूपमा व्यक्तिको नाममा…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मंगलबार देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि…

Read More

सुदूरपश्चिम : नेपाली काँग्रेसकी नेत्री एवं सांसद डा. आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छन् । धनगढीमा आज आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट विषयक सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा डा. राणाले सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको तर सो लगानीअनुसार परिणाम भने प्राप्त गर्न नसकिएको यथार्थ प्रस्तुत गरिन् । उनले अहिले पनि नेपाली युवायुवती कक्षा १२ पास गरेपछि वैदेशिक रोजगारीमा नै जान हतार गर्ने गरेको र यो अवस्था दिन प्रतिदिन बढ्दै गएकाले पढाइसँगै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सिङ्गो शिक्षा प्रणाली नै केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।…

Read More