Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा बहुविवाह गर्ने बढेका छन्। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषको संख्या जिल्लाभित्र बढ्दै गएको हो। जिल्ला अदालत कैलालीमा आर्थिक वर्ष २०७४–७५ मा १३, आर्थिक वर्ष २०७५–७६ मा २१, र आर्थिक वर्ष २०७५–७६ मा बुहविवाहका १७ मुद्दा दर्ता भएको अभिलेख छ। त्यस्तै आर्थिक वर्ष २०७७–७८ मा १७ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए। बहुविवाहका आर्थिक वर्ष २०७९–८० सम्म आइपुग्दा ६७ मुद्दा दर्ता भएका छन्। तीमध्ये ४१ मुद्दाको फैसला भइसकेको छ भने २६ मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । जिल्लाभित्र बहुविवाहसँगै बालविवाह हुने क्रम पनि रोकिएको छैन्। सो अवधिसम्म बालविवाहका तीन मुद्दा अदालतमा परेकोमा सबै मुद्दाको फैसला भइसकेको…

Read More

दोहा: कुवेतले तीन महिनाको अवधिमा २४ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा जनवरी १ देखि जुलाई ३१ सम्मको अवधिमा विभिन्न राष्ट्रियताका भएका २४ हजार आप्रवासीहरूलाई उनीहरूको देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ । कुवेतको रेसिडेन्सी मामिला अनुसन्धान र सार्वजनिक सुरक्षा क्षेत्रको सामान्य विभागले रेसिडेन्सी कानून उल्लङ्घन गर्ने आप्रवासीहरूलाई देश निकाला गर्ने नेतृत्व गरेको छ। त्यहाँका पहिलो उपप्रधानमन्त्री र गृहमन्त्री शेख तलाल खालिद अल-अहमद अल-सबाह निर्देशन उनीहरूलाई पक्राउ गरी देश निकाला गरिएको हो । कुवेतले विभिन्न समयमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली सहित विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिवाना तिरेर आआफ्नो…

Read More

काठमाडौ: मानिसहरु लगातार मोटोपनाको शिकार भइरहेका छन्। त्यसैले दिनरात यस समस्याबाट छुटकारा पाउने उपाय खोजिरहेका छन्। मोटोपना हुनुकाे प्रमुख कारणमा जंकफूड हाे। जंकफूडमा सबैभन्दा बढी बोसो हुन्छ, जसले शरीर मोटो बनाउन मद्दत गर्छ। यस्तै अव्यवस्थित जीवनशैली र व्यायामको कमीका कारण मानिसमा पेटको बोसो तीव्र गतिमा बढिरहेको छ। यी खानेकुरालाई आफ्नो खानपानमा समावेश गरिएन भने जिम नगइ मोटोपन कम गर्न सकिन्छ।  चामलको सेवन कमयदि तपाइँ आफ्नो पेटको बोसो घटाउनेबारे चिन्तित हुनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो आहारबाट सेता खानेकुरा चामललाई बहिष्कार गर्नुहोस्। यदि तपाइँलाई भात बढी खान मन लाग्छ भने बिस्तारै यसको मात्रा घटाउनुहोस। वास्तवमा सेतो चामल स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसैले स्वास्थ्य विज्ञहरूले खानामा ब्राउन राइस खानुपर्ने सुझाव दिएका…

Read More

धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज(आइतबार) ६ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार आइतबार बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि आइतबार ६ घण्टा यातायात बन्द  गरिने भएको हो। भासिएको सडकमा तार जाली र ग्राभेल  हालिने भएको बताइएको छ। वर्षाका कारण बुढीतोलामा पहिरो गएको थियो। उक्त क्षेत्रमा पानी रहेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ। यातायातका साधन हिलोमा फस्न थालेकाले तार जाली र ग्राभेल हाल्न थालिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले बताएको छ।            …

Read More

काठमाडौं: करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ। नयाँ व्यवस्थाअनुसार वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ। “मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र उद्योगले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछन् भन्ने व्यवस्था खारेज भएको छ”, विभागले सूचना जारी गर्दै भनेको छ, “संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक र एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन…

Read More

काठमाडौं: पर्वतमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जलजला गाउँपालिका २ तमिला खर्कका २८ वर्षीय राजन कार्की रहेका छन्। उनलाई प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो। कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

Read More

काठमाडौं: युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले  जानकारी दिए । थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताए ।  यस्तै वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामीमगरको सुतेकै अवस्थामा मृत्यु भएको…

Read More

बर्दिया: बलात्कारको आरोपमा प्रहरीले बर्दिया मधुवन नगरपालिका-१ बहादुरपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा छन् । बोल्न नसक्ने २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेको उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर हिरासतमा लिएको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा कारवाही अघि बढाउन अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Read More

काठमाडौँ: इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन्। उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए। उनीहरुले पनि नगद पुरस्कार पाएका छन् । हिजो सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए। यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो।फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो। कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत…

Read More

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटरस्थित भागेश्वर माविका प्रधानाध्यापक शेरबहादुर साउँदको उपचारमा आर्थिक अभावले समस्या भएको छ। उच्च रक्तचापका कारण साउन २९ गते बिहान प्रअ साउँद बिरामी परेका थिए। लगत्तै उनलाई जिल्ला सदरमुकामको डडेल्धुरा अस्पताल लगियो। यहाँ उपचार सम्भव नभएपछि साउँदलाई सोही दिन काठमाडौं लगिएको थियो। काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयुमा उपचाररत उनको सफलताका साथ पहिलो शल्यक्रिया सम्पन्न भएको छ। पारिवारिक स्रोतका अनुसार प्रअ साउँदलाई अझै केही महिना अस्पतालमै भर्ना गराई उपचार गराउनुपर्ने भएकाले आर्थिक समस्या आइलागेको हो। उपचारमा लाखौं खर्च लाग्ने भएकाले सहयोग गरिदिन उनकी श्रीमती लक्ष्मीकुमारी ऐरले सबैलाई आग्रह गरेकी छन्। यसका साथै नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति, डडेल्धुराले पनि…

Read More