दोहा: कुवेतले तीन महिनाको अवधिमा २४ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा जनवरी १ देखि जुलाई ३१ सम्मको अवधिमा विभिन्न राष्ट्रियताका भएका २४ हजार आप्रवासीहरूलाई उनीहरूको देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ ।
कुवेतको रेसिडेन्सी मामिला अनुसन्धान र सार्वजनिक सुरक्षा क्षेत्रको सामान्य विभागले रेसिडेन्सी कानून उल्लङ्घन गर्ने आप्रवासीहरूलाई देश निकाला गर्ने नेतृत्व गरेको छ। त्यहाँका पहिलो उपप्रधानमन्त्री र गृहमन्त्री शेख तलाल खालिद अल-अहमद अल-सबाह निर्देशन उनीहरूलाई पक्राउ गरी देश निकाला गरिएको हो ।
कुवेतले विभिन्न समयमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली सहित विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सिममा पनि नफर्किएकाहरुविरुद्ध कडा कदम चल्दै गिरफ्तार कार्य जारी राख्ने जनाएको छ ।
पछिल्लो समय कुवेतमा लागूऔषध दुर्व्यसन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका नेपालीहरूलाई जेलमा राखिएको र जेल सजाय सकिएपछि देश निकाला गरिदै आएको बताईएको छ । विभिन्न पेशा गरी कुवेतमा करिव ७० हजार नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।