Author: महेन्द्रनगर पोष्ट

बैतडीः बैतडीमा सोमवार करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–६ की ४३ वर्षीया कलावती नाथको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। सोमवार बिहान घाँस काटेर भारी उठाउने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर करेन्ट लागेर गम्भीर घाइते भएकी नाथलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।

Read More

काठमाडौँ: वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन मन्त्रालयको कार्यभार सम्हालेको सय दिन अवधिको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज अयोजित पत्रकार सम्मेलनमा उनले यस अवधिमा भए गरेका कार्यका बारेमा जानकारी गराउँदै नेपाल सरकारबाट नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियम, २०८० (दोस्रो संशोधन) स्वीकृत भएको बताए । यसले वन सेवाअन्तर्गत संस्थागत हुने गरी वातावरण समूह थप भएको र वन सेवाका पद नाममा समसामयिक सुधार गरेको छ । यसैगरी मन्त्रिपरिषदबाट वन (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरिएको, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना, २०८० स्वीकृत भएको, ‘वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८०’ र…

Read More

कञ्चनपुर : कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० सुकासाल स्थित पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाँउका ३५ वर्षीय नरेश जोशीको सोमबार दिउँसो मृत्यु भएको हो। कर्णबहादुर चन्दको घरको पश्चिम पट्टी रहेको बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः धनगढीको बाल्मिकी स्कुल नजिकै स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान धनगढी उपमहानगरपालिका–१ बाल्मिकी स्कुल नजिकै सुदूरपश्चिम प्रदेश ०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोश बस्यालले ठक्करबाट गम्भीर घाइते भएका धनगढी–५ जाई बस्ने ४० वर्षीय जिउधन चौधरीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । प्रहरी निरीक्षक बस्यालकाअनुसार चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको हो । चालक लक्ष्मी शाही र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ : हत्या अभियोगमा दोषी ठहरिएका मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई पक्राउ गरिएको छ । सप्तरी प्रहरीले उनलाई राजविराजबाट पक्राउ गरेर अदालतमा बुझाएको हो । यादव सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो । उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते यादवको हकमा जिल्ला…

Read More

काठमाडौं : नेपालमा चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द एका एक गायब भएको छ । पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा एक पोस्ट राख्दै बोल्ड डिसिजन लिन लागेको बताएका थिए । उनको पोस्ट आए लगत्तै रुटिन अफ नेपाल बन्द फेसबुक, इन्स्टाग्राम, थ्रेड्स जस्ता मुख्य सामाजिक सञ्जालमा प्लेटफर्ममा देखिन छोडेको छ । तर टिकटक, युट्युब, एक्स (ट्वीटर), मोबाइल एप र वेबसाइटमा भने यो समाचार तयार पार्दासम्म रुटिन अफ नेपाल बन्द कायमै थियो । यद्यपि उनको पोस्ट र सामाजिक सञ्जालबाट रुटिन अफ नेपाल बन्द हट्ने विषयबीचको सम्बन्ध के कति छ भन्ने कुरा स्पष्ट भने भइसकेको छैन । आइतबार काठमाडौंका मेयर बालेन्द्र शाह…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरवारमा भएको बैठकमा मन्त्री किराँतीले निगम आफैँले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिए। “दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छौँ”, उनले भने। निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन्। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले मन्त्रालयको नीतिगत सुधार र…

Read More

काठमाडौँ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ । सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो । अब मुद्दाको सुनुवाइ भोलि हुनेछ । हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिट निवेदनको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीहरूका तर्फबाट…

Read More

काठमाडौं : एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले छैटौं वकेट गुमाएको छ । नेपालका गुलशन झा २३ रन बनाएर क्याच आउट भए । उनलाई मोहमद सिराजले क्याच आउट गराए । यसअघि नेपालका ओपनर आएका आसिफ शेख ५८ रन बनाएर आउट भएका थिए । उनलाई । उनलाई शार्दुल ठाकुरले क्याच आउट गराए ।

Read More

नारायणगढ: चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार महानगर यातायात प्रालिले छ सवारी नारायणगढ–काठमाडौँका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ–काठमाडौँका लागि सञ्चालन भइरहेका छन् । राज्यले विद्युतीय सवारीसाधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताए…

Read More