काठमाडौं : नेपालमा चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द एका एक गायब भएको छ ।
पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा एक पोस्ट राख्दै बोल्ड डिसिजन लिन लागेको बताएका थिए ।
उनको पोस्ट आए लगत्तै रुटिन अफ नेपाल बन्द फेसबुक, इन्स्टाग्राम, थ्रेड्स जस्ता मुख्य सामाजिक सञ्जालमा प्लेटफर्ममा देखिन छोडेको छ ।
तर टिकटक, युट्युब, एक्स (ट्वीटर), मोबाइल एप र वेबसाइटमा भने यो समाचार तयार पार्दासम्म रुटिन अफ नेपाल बन्द कायमै थियो ।
यद्यपि उनको पोस्ट र सामाजिक सञ्जालबाट रुटिन अफ नेपाल बन्द हट्ने विषयबीचको सम्बन्ध के कति छ भन्ने कुरा स्पष्ट भने भइसकेको छैन ।
आइतबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्री लाभ भएको भन्दै गरेको रुटिन अफ नेपाल बन्दको पोस्ट विवादित समेत बनेको थियो ।शनिवार राति मेयर बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उक्त विषय सामाजिक सञ्जालमा चर्को बहसमा तानिएको थियो ।
रुटिन अफ नेपाल बन्दबाट गरिएको पुत्री लाभ सम्बन्धी गरेको पोस्ट बालेनलाई जोगाउनका लागि गरिएको कतिपएले आकलन गरेका छन् । रुटिन अफ नेपाल बन्द यसरी पहिलो पटक अचानक गायब भएको हो ।
रुटिन अफ नेपाल बन्द सधैंका लागि बन्द भएको हो वा अस्थायी रूपमा निष्कृय पारिएको हो भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ । अर्को पोस्ट गर्दै सञ्चालक पौडेलले कुनै स्वार्थले पेज नखोलेको उल्लेख गरेका छन् ।