Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा अटोबाट झर्दै गरेका चालकको लडेर मृत्यु  भएको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका ५० वर्षीय गंगाबहादुर केसीको अटोबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनी शुक्रवार धनगढी–५ नेपाल राष्ट्र बैँक नजिक आफैले चलाएको से१ह २८९९ नम्बरको अटो रोकी झर्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

सल्यान: सल्यानमा केटी–केटीबीच विवाह भएको छ । बागचौर नगरपालिका-१ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र बागचौर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको हो । उनीहरुले आफूहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताएका छन् । उनीहरुले मन्दिरमा गएर विवाह गरेका हुन् । विवाहपश्चात योजना अमिसाको घरमा गएर बसेकी छिन् । उनीहरुका अनुसार अमिसाको परिवारले विवाह स्वीकार गरिसकेको छ भने योजनाको परिवारले स्वीकारेको छैन ।

Read More

बैतडी: नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ। बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीसहित १२० डिएसपीहरुको सरुवा गरिएको हो। बैतडीका प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीको लागुऔषध नियन्त्रण ब्यूरो, मानव श्रोत व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको छ। शाहीको ठाउँमा बैतडी प्रहरी प्रमुखको रुपमा डिएसपी दिपक गिरी आउने भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत गिरीलाई बैतडी प्रहरी प्रमुखको रुपमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुुरमा ७० वर्षीया वृद्धा माथि बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन्। जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दोधाराचाँदनी नगरपालिका–७ बस्ने ३२ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुनारले वृद्धालाई भदौ १४ गते राति घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराको टोलीले पक्राउ गरेको हो। उक्त विषयम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

दार्चुला : दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) तर्कराज पाण्डेयसहित १२० डीएसपीहरूको सरुवा भएको छ। द डिएसपी पाण्डेयको काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानीपोखरी सरुवा भएको हो। उनले गत वर्ष भदौमा दार्चुला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए। उनको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो उपत्यका सेक्टर नक्साल काठमाडौबाट शिवबहादुर सिंह आउने भएका छन्।

Read More

डडेल्धुरा: नेपाल प्रहरी प्रधान कार्यालयले एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णयसहित नामावली प्रकाशन गरेको हो।  जसमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टको पनि नाम छ। उनको जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भएको हो। उनको स्थानमा दीपककुमार कार्की डडेल्धुरा आउने भएका छन्। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाडौंबाट कार्कीको डडेल्धुरा सरुवा भएको हो। 

Read More

काठमाडौं: १६औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। यी दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो ३ः१५ देखि श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा सुरु हुनेछ। पाकिस्तान र भारतबीचको खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। भारत रोहित शर्मा र पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रनेछन्।  समूह ‘ए’ मा रहेको पाकिस्तान लगातार दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो। भारत भने पहिलो खेल खेल्दैछ। भारत पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ।

Read More

काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। कार्यालयले सरुवाको सूचि सहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो ।  सूची:

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाँउपालिका-८ स्यालचौडीमा मोटरसाईकल दुर्घटना भएको छ। शुक्रबार साँझ सुपप्र ००४-००१०-७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि परशुराम नगरपालिका-५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताएका छन्।

Read More

काठमाडौँ: नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो। हेर्नुस् सूची :

Read More