सल्यान: सल्यानमा केटी–केटीबीच विवाह भएको छ । बागचौर नगरपालिका-१ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र बागचौर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको हो ।
उनीहरुले आफूहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताएका छन् । उनीहरुले मन्दिरमा गएर विवाह गरेका हुन् । विवाहपश्चात योजना अमिसाको घरमा गएर बसेकी छिन् ।
उनीहरुका अनुसार अमिसाको परिवारले विवाह स्वीकार गरिसकेको छ भने योजनाको परिवारले स्वीकारेको छैन ।
Facebook Comments Box