Author: महेन्द्रनगर पोष्ट

बैतडी: सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यस प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा सङ्क्रमण देखिएको छ । उनले भने, “अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्तमा भने ह्वात्तै बढेर तीन सय ५३ पुगेको छ ।” पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा यस प्रदेशमा छ सय ८० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार जनवरीमा १५, फेब्रअरीमा…

Read More

बैतडी: बैतडीको दोगडाकेदारका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल शिल गरिएका छन्। मंगलबार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए।  पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ। स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Read More

बझाङः बझाङमा एक जना मृत फेला परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका ५ बस्ने ३० वर्षीय कृष्ण जप्रेल बझाङको सैन खोलामा मंगलवार राति मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। महालिंग देवताको मन्दिरमा लाग्ने धार्मिक मेलाबाट घर फर्किने क्रममा सैन खोलामा जप्रेलले हामफालेको प्रहरीले बताएको छ। प्रहरीले यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–८ स्याउलेका ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलबार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा अटोको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको छ। जिल्लाको पुनर्वास नगरपालिका–६ स्थित टाउन बजारमा सु.प.प्र.०१००१ ह ४०१६ नम्बरको अटोको ठक्करबाट सोही ठाँउकी ८६ वर्षीया छलीदेवी थापाको मंगलवार राति मृत्यु भएको हो। मंगलबार साँझ अटोको ठक्करबाट गम्भीर घाइते भएकी थापाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोही नगरपालिका वडा नम्बर–८ ख गाउँका ३२ वर्षीय अटो चालक केशव ओझा र अटोलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा बझाङको उरै नाका पुनः सञ्चालनमा ल्याउने विषयलाई एजेन्डामा समावेश गर्न सुदूरपश्चिमका व्यवसायीले अनुरोध गरेका छन्। नेपाल उद्योग वाणिज्य सङ्घ सुदूरपश्चिम प्रदेशसहित उद्योग, पर्यटन, होटललगायत क्षेत्रका व्यवसायीले उरै नाका सञ्चालनमा ल्याउन चीनसँग कूटनीतिक पहल गरिनुपर्ने बताएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै आवश्यक पहल गरिदिन व्यवसायीले आग्रहसमेत गरेका छन्। मुख्यमन्त्री शाहले आफूले परराष्ट्रमन्त्रीसँगको भेटमा सुदूरपश्चिमबाट चीन जोड्ने बाटो र सुदूरपश्चिमका आयोजनालाई एजेन्डाका रूपमा समेट्न आग्रह गरेको बताए।

Read More

कैलाली: न्याय परिषद्ले सुदूरपश्चिम प्रदेशका विभिन्न अदालतमा कार्यरत न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरुको सरुवा गरेको छ। परिषदले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतमा सरुवा गरेको छ। यस्तै दार्चुला जिल्ला अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीलाई काठमाडौं जिल्ला अदालतमा, डडेल्धुराका स्रेस्तेदार रामु शर्मा र बैतडीका स्रेस्तेदार जनकसिंह बोहरा सर्वोच्च अदालतमा सरुवा भएका छन्। परिषद्ले दामोदर रेग्मीलाई डडेल्धुराको स्रेस्तेदारमा सरुवा गरी पठाएको छ। कैलालीका स्रेस्तेदार राइभान कुञ्जेडा, कञ्चनपुरका स्रेस्तेदार जयन्ती अवस्थी भट्ट र डोटीका स्रेस्तेदार बिरेन्द्रबहादुर मल्ल पनि सर्वोच्च अदालतमा सरुवा भएका छन्। परिषद्ले उच्च अदालत दिपायकका उपरजिष्ट्रार सीता रेग्मीलाई पनि सर्वोच्च अदालतमा सरुवा गरेको छ। यस्तै गम्भीर रानामगरलाई…

Read More

बुटवल: नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन्। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन्। विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए। अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।

Read More

कञ्चनपुर: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा. गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन्। कुनै समय भौगोलिक रूपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा. केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन्। महाकाली नदीपारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नसकेका बेला डा. केसी स्थानीयस्तरमै सेवा दिन आएको खबरले सेवा लिनेहरूको भीड लागेको छ। दोधारा चाँदनी अस्पतालबाट सेवा दिन थालेका डा. केसीले पहिलो दिन एक सय ८४ जनाको स्वास्थ्य जाँच गरेको अस्पतालका अध्यक्ष एवम् नगर प्रवक्ता ओम बस्नेतले जानकारी दिए। हाडजोर्नीका बिरामीलाई जाँच गरिहेका डा. केसीलाई अस्पतालका अन्य चिकित्सकले पनि साथ दिएको अध्यक्ष बस्नेतको…

Read More

काठमाडौँ: हाल देशको मौसममा बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा  रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने  कोशी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Read More