धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा बझाङको उरै नाका पुनः सञ्चालनमा ल्याउने विषयलाई एजेन्डामा समावेश गर्न सुदूरपश्चिमका व्यवसायीले अनुरोध गरेका छन्।
नेपाल उद्योग वाणिज्य सङ्घ सुदूरपश्चिम प्रदेशसहित उद्योग, पर्यटन, होटललगायत क्षेत्रका व्यवसायीले उरै नाका सञ्चालनमा ल्याउन चीनसँग कूटनीतिक पहल गरिनुपर्ने बताएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै आवश्यक पहल गरिदिन व्यवसायीले आग्रहसमेत गरेका छन्।
मुख्यमन्त्री शाहले आफूले परराष्ट्रमन्त्रीसँगको भेटमा सुदूरपश्चिमबाट चीन जोड्ने बाटो र सुदूरपश्चिमका आयोजनालाई एजेन्डाका रूपमा समेट्न आग्रह गरेको बताए।
Facebook Comments Box