कञ्चनपुरः कञ्चनपुरमा अटोको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको छ। जिल्लाको पुनर्वास नगरपालिका–६ स्थित टाउन बजारमा सु.प.प्र.०१००१ ह ४०१६ नम्बरको अटोको ठक्करबाट सोही ठाँउकी ८६ वर्षीया छलीदेवी थापाको मंगलवार राति मृत्यु भएको हो।
मंगलबार साँझ अटोको ठक्करबाट गम्भीर घाइते भएकी थापाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सोही नगरपालिका वडा नम्बर–८ ख गाउँका ३२ वर्षीय अटो चालक केशव ओझा र अटोलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Facebook Comments Box