Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ ।  नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । ‘अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ,’। जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त हुदै गैरहेको थियो । गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यो संशोधनमा केही अस्पष्टता रहेका कारण कार्यान्वयन गर्न नसकिएको भन्दै भूमि-व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका कार्यालयले कार्यान्वयन नगरेपछि पुनः नियमावली संशोधन गरेको हो । यसअघि ५ साउनमै नियमावली संशोधनको प्रस्ताव मन्त्रीपरिषद्ममा गएको…

Read More

टीकापुर: कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ ।  कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए ।  “राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि…

Read More

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ६ र ७ गते गर्ने भएको छ। परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको छ। २०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन्। बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ। बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले…

Read More

काठमाडौँ: लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ। एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ। दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका- १२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन्। उनी रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो। खोजीकै क्रममा उनमो शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताएका छन्। बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको उनले बताए। घटनाकोबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढीः कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीमा आगलागी भएको छ। गोदावरी नगरपालिका वडा नम्बर-२ अत्तरियामा रहेको विद्यालयको माथिल्लो तलामा आगलागी भएको हो। आज(बुधवार) बिहान विद्युत सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

डडेल्धुराः डडेल्धुराका निरज देउवाले दक्षिण कोरियामा रजत पदक जितेका छन्। देउवाले दक्षिण कोरियाको छुङछङनाम्दोमा आयोजना भएको ‘आठौं डेजियोन एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ मा रजत पदक जितेका हुन्। उनले पुरुष ८७ केजी तौल समूहमा नेपाललाई रजत पदक दिलाएका हुन्। दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगितामा २२ देश सहभागी थिए। प्रतियोगितामा ताइवानले स्वर्ण जित्दा दक्षिण कोरियाले कस्य पदकमा चित्त बुझायो। देउवाले यसअघि पनि दक्षण कोरिया, अजरबैजान, भारत, पाकिस्तानलगायत देशमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई विभिन्न पदक तथा पुरस्कार पाइसकेका छन्। गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका उनी हाल सशस्त्र प्रहरी बल (एपीएफ) मा पनि कार्यरत छन्।

Read More

कैलाली: सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्। नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन्। ३ दिने स्पष्टिकरण सोधिएकोमा दिन कटेपछि भट्टको राजीनामा पत्र आएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए। नगरपालिकामा गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान दिइएको थियो। त्यही अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको प्रमाण…

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका- १ का पहिरो पीडित विगत केही समयदेखि विद्यालयमा बसिरहेका थिए। मालागाँउ र भोकागाउँका २२ परिवार साउन ८ गतेदेखि जनज्योति आधारभूत विद्यालयमा बसोबास गरिरहँदा विद्यालयको पठनपाठन प्रभावित बनेको थियो। तर, हिजो उनीहरुलाई टेन्ट बनाएर नजिकको सुरक्षीत टाँक भन्ने स्थानमा सारिएको छ। गृह मन्त्रालयले प्रदेश सरकारमार्फत जिल्ला दैवीप्रकोप उद्दार समितिलाई पठाएको २२ टेण्ट सुरक्षीत स्थानमा लगाएर अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो। उनीहरुको स्थानान्तरण गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का र जिल्ला सुरक्षा समितिको टोली पहिरो प्रभावित गाउँमा पुगेको थियो। पीडित परिवारलाई रुडुक डडेल्धुराले ४२ वटा कम्बल र २२ बाल्टिनसमेत हस्तान्तरण गरेको छ। यस्तै एमपिडिएस र आस्था नेपालले २२…

Read More

बैतडी: गौरा पर्वको तिथीका विषयमा विवाद कायम रहेकै बेला सुदूरपश्चिममा भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिइएको छ। नेपाल सरकारले भदौ ७ गते र सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।  गौरा पर्वका विषयमा ज्योतिषहरुबीच मतभेद भने कायमै रहेको छ। कतिपय ज्योतिषहरुले यो वर्षको गौरा पर्व भदौ २१ गते पर्ने बताइरहेका छन्। गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने भएकाले भदौ २१ गते गौरा पर्व हुने उनीहरुको जिकिर छ।  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८०…

Read More