Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा खसेको पहिरोमा आएको ढुंगा लागेर एक किशोरको ज्यान गएको छ। जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऎरको ज्यान गएको हो। हिजो (शनिबार) डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो। घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

डोटी: केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखि लगातार भइरहेको वर्षाका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा दुईतर्फी बाटो बन्द भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। वर्षा नरोकिएको हुँदा पहिरो हटाउन नसकिएको उनले बताए। आइतवार बिहान पनि वर्षाका कारण राजमार्ग सुचारु गर्न सकिएको छैन। प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको छ। वर्षा नरोकिएको र पहिरो जाने क्रमसमेत जारी रहेकाले सडक मर्मतको काम सुरु समेत भएको छैन। वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने प्रहरीले बताएको छ। राजमार्ग अवरुद्ध हुँदा…

Read More

बैतडी: बैतडीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका ३ कुजागाडका ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्। घर नजिकैको जंगलमा गोठालो गएका बेला भाटलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए। उनको धनगढीमा उपचार भइरहेको छ।

Read More

बाजुरा: बाजुराको जगनाथ गाउँपालिकामा श्रेस्ता कागतपत्र नमिलाउँदा १७ करोड रुपियाँ बढी बेरुजु देखिएको महालेखा परीक्षकको लेखाप्रतिवेदनले उल्लेख गरेको छ।कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय लिज्जा पुरस्कारबाट जिल्ला प्रथम भएको गाउँपालिकामा दर्जनौं कमजोरी रहेकोसमेत प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदनले बेरुजु असुली लक्ष्यअनुसार नभएको, कर्मचारी दरबन्दीअनुसार स्थायीपदपूर्ति नभएको, विकास निर्माण र सेवा प्रक्रियामा प्रभावकारिता नभएको, अनुदानप्राप्त योजनाको अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर देखिएको लगायतका दर्जनौं कमजोरी औंल्याएको हो। यस्तै विगत २०७८/०७९ सम्मको बेरुजु रकम १२ करोड ४५ लाख ४० हजार देखिएको छ। गत आर्थिक वर्ष ७९”०८० को मात्र ४ करोड ७३ लाख ४५ हजार गरी १७ करोड १८…

Read More

काठमाडौं: मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। उस्तै संख्यामा घाइते भएका छन्। भूकम्पमा परी दुई हजार १२ भन्दा बढीको ज्यान गएको छ। दुई हजार ५९ जना घाइते भएका छन्। धेरैको संख्यामा घरबारविहीन भएपछि अधिकारीहरूले शनिबार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।

Read More

बझाङ: बझाङमो कालङ्गा नदी तर्दा एक वृद्ध बेपत्ता भएका छन्। बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी सोही नगरपालिकाको १ नम्बर वडास्थित पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा नदी तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धामीको खोजतलासका र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौँ: हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा  आंशिकदेखि  सामान्य  बदली  रहनेछ।  बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा  चट्याङ्ग सहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको  एक–दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।    राति भने  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।साथै लुम्बिनी…

Read More

काठमाडौं: ताप्लेजुङका डिएसपीलाई नेपाली कांग्रेसका एक नेता एवं प्रदेश सभा सदस्यले ज्यान मार्ने धम्की दिएका छन्। कांग्रेस नेता एवं कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगामले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूलाई मार्ने सार्वजनिक रुपमै धम्की दिएका हुन्। यतिमात्र होइन, उनले डिएसपीको परिवारै सखाप पार्ने धम्की दिएका छन्। उनले कांग्रेसनिकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार ताप्लेजुङ प्रहरीविरुद्ध गरेको प्रदर्शन कार्यक्रमका क्रममा डीएसपी लिम्बूसहित उनको परिवारका सबै सदस्य मार्ने धम्की दिए। बिहीबार राति कोशी प्रदेशका प्रदेशसभा सदस्य हाङगामलाई प्रहरीबाटै आक्रमण भएको भन्दै तरुण दल र नेविसंघले शुक्रबार सुरक्षा निकायविरुद्ध प्रदर्शन गरेका थिए। यसपछि भएको खुला…

Read More

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ गरेका छन्। आज (शनिबार) जिल्लाको बैलौरी नगरपालिका-१० बस्ने हिक्मत हमाललाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो। नेपाल प्रहरीको प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी नायब निरीक्षक प्रकाश कडायत नेतृत्वको सादा पोशाक टोलीले उनलाई समातेको हो। प्रहरीका अनुसार उनलाई सोही नगरपालिकाको कलकताबाट नेपालतर्फ आउने क्रममा चेक गर्दा ४७.८५ ग्राम लागुऔषधसहित फेला पारी नियन्त्रणमा लिइएको हो। अहिले उनलाई समातेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

गोरखा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकसँगको अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गरेका छन् । “आसन्न चीन भ्रमणका क्रममा नेपालको कृषि क्षेत्रको विकासको सन्दर्भमा पनि छ”, प्रधानमन्त्री दाहालले भने, “एउटा एग्रिकल्चर टेक्निकल पार्क बनाउने प्रस्ताव चीन सरकारको छ, त्यो पार्क कहाँ बनाउनेभन्दा अहिले मेरो निर्णय नै त होइन तर उक्त पार्क गोरखामा नै बनाउने इच्छा छ ।” एग्रिकल्चर पार्कमा…

Read More