काठमाडौं: मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। उस्तै संख्यामा घाइते भएका छन्।
भूकम्पमा परी दुई हजार १२ भन्दा बढीको ज्यान गएको छ। दुई हजार ५९ जना घाइते भएका छन्। धेरैको संख्यामा घरबारविहीन भएपछि अधिकारीहरूले शनिबार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।
मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।
Facebook Comments Box