Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सशस्त्र प्रहरी बलमा एक डिआइजीको पद रिक्त भएको छ। लुम्बिनी प्रदेशमा कार्यरत सशस्त्र प्रहरीका डिआइजी बिदुर खड्का ३० वर्षे सेवा अवधिको कारण आजबाट अवकाश भएका छन् । अब सशस्त्र प्रहरीमा रिक्त एक डिआइजीका लागि दिपक अधिकारी, मनिष थापा र कृष्णप्रसाद ढकालबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

Read More

धनगढीः कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेको छ । बिहीवार नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले पहलमानपुरको मित्र ट्रेडर्समा पेट्रोल भनेर पठाएको ना ५ ख ७७३ नम्बरको ट्यांकरमा डिजेल फेला परेको हो । ट्यांकरमा रहेको पेट्रोल मापन गर्दा मात्रा कम फेला परेको र च्याम्बरबाट पेट्रोल बाल्टीमा निकालेर परीक्षण गर्दा डिजेल मिसावट गरिएको थाहा भएको मित्र ट्रेडर्सका सञ्चालक अजय बमले बताए । पेट्रोलमा डिजेल मिसावट गरेको पाइएपछि इलाका प्रहरी कार्यालय सुख्खडले ट्यांकर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरेन्द्र विश्वकर्माले ट्यांकरको एक च्याम्बरको पाइप खोलेर पेट्रोल बाल्टीमा भर्दा ३०/३५ लिटर डिजेल मिसावट भएको देखिएको बताए…

Read More

धनगढीः घुस प्रकरणमा मुछिएका कृष्णदत्त भट्टलाई पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ। वन मन्त्रालयको असहमतिकैबीच मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भट्टलाई प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरेको हो। सुदूरपश्चिम प्रदेश वन निर्देशनालय अन्तर्गत मातहतका कार्यालयहरूबाट घुसवाफत रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा मुछिएका थिए। भट्टको नियुक्तिले वन क्षेत्रका अधिकृतहरू भने रुष्ट भएका छन्। वन मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माल र मन्त्रालयका सचिव वेदकुमार ढकालले समेत भट्टलाई निर्देशक नियुक्त गरिएकोमा असन्तुष्टि जनाएका छन्। वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई सुन्नै नसकिने शब्दमा आमाचकारी गालीगलोच गरेको…

Read More

अछामः अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीवार बँदेलले आक्रमण गर्दा जिल्लाको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो । मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

Read More

डडेल्धुरा: डडेल्धुराका एक वडा सदस्यमाथि सामूहिक कुटपिट भएको छ । जिल्लाको आलिताल गाउँपालिका-८ का वडा सदस्य छबिलाल बोहरामाथि गएराति करिब ८ बजेतिर तीन जनाको समूहले कुटपिट गरेको बताइएको छ । आलिताल-४ को जालटुडा सडकमा मोटरसाइकल बनाउनका लागि रोकिएका बेला स्थानीयहरुले आफूमाथि मदिरा पिएर कुटपिट गरेको वडा सदस्य बोहराले बताए । उनका अनुसार सोही राति उक्त समूहले बालकल्याण आधारभूत विद्यालयका शिक्षक कृष्ण बोहरामाथि पनि आक्रमणको प्रयास गरेको थिए । वडा सदस्य बोहराले प्रहरी कार्यालय आलितालमा छानविनका लागि निवेदन दिएका छन् भने प्रहरीले घटनामा संलग्न आलिताल-४ कटौजीका भरत रावत, टेक खड्का र जनक विष्टलाई नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ: भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । नवलपरासीस्थित चौधरी समूहले निमार्ण गरेको शाश्वत धाममा भदौ‌ २ देखि ४ गतेसम्म हनुमान कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन् । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, आज नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Read More

दार्चुला: दार्चुलाका एक प्रधानाध्यापक बेपत्ता भएका छन् । सरस्वती आधारभूत विद्यालय लेकम—२ बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट बेपत्ता रहेका बताइएको छ । प्रहरीका अनुसार लेकम गाउँपालिका—२ सुँगरखालीका ५६ वर्षीय भट्ट विगत ४ दिनदेखि बेपत्ता रहेका हुन् । मंगलबार मध्यान्ह १२ बजेतिर नुहाउन भनी हिँडेका भट्ट उतैबाट बेपत्ता भएका पारिवारिक स्रोतले बताएको छ ।

Read More

झलनाथ खनाल, भजनी: कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । “नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो”, चौधरी भन्छन्, “अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।” टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको…

Read More

महेन्द्रनगर: नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन् । बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार त्यहाँ पुग्नुभएका पूर्वमन्त्री लेखकले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताए । महाकाली र जोगबुढा नदीको किनारको बस्ती भएकाले कुतियाकवर बाढी र कटानको समस्याबाट ग्रसित रहेको उनको भनाइ छ । “निर्वाचनका बेला बाँध निर्माण गर्ने चुनावी एजेण्डा पनि थियो”, नेता लेखकले भने, “तटबन्ध निर्माणको ठेक्का भइसकेकोले आगामी हिउँददेखि यहीँबाट निर्माण सुरु हुन्छ ।” उनले नदीमा पानी बढेको…

Read More

क्वालालम्पुर: मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ ।” मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्य सभा सदस्य जोहरी हारुन पनि रहेको प्रहरीले जनाएको छ । मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ । नागरिक…

Read More