Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै यो जानकारी दिएका हुन् । अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसको शुभकामना । जय हिन्द । अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए ।

Read More

भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए । उनले भने,…

Read More

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका–४ कालाढुङ्गाका २१ वर्षीय शैलेष सिं ठकुरीको अरिङ्गालले चिलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हिजो बेलुका ६ बजे साथीसँगै स्थानीय देविस्थान सामुदायिक वनमा सल्लाको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा रुख चढ्दै गर्दा ठकुरीलाई अरिङ्गालले चिलेको थियो । अरिङ्गालले चिलेपछि घर गएर सुतेका उनले अरिङ्गालले चिलेको नबताएको र बिहान मात्रै पेट पोल्यो भनेपछि उपचारका लागि जिल्ला अस्पताल तम्घास लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका दाजु कैलाश सिं ठकुरीले बताए ।

Read More

एजेन्सी: भारतमा आज ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । दिवस मनाउनका लागि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ १० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गर्छ । दिवसको अवसरमा लाल किल्लामा हुने कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने तयारी छ । मोदी लगातार दशौँ पटक स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्ने प्रधानमन्त्री छन् । हिजो पाकिस्तानले स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव मनाएको थियो ।

Read More

बैतडी: बैतडीमा सुन चोरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ पक्राउ परेका हुन् । स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुन चोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । घरबाटै पक्राउ परेका दुबै जनाविरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता भई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: मोटरसाइकलको ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि हिजो ब्रेक प्याडबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता…

Read More

सिन्धुपाल्चोक: मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा समेत सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको उनले गुनासो गरे । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको उनले बताए । “हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ । विपद् जहिले पनि हेलम्बुमा क्षति पुर्याइरहेको…

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट बढुवा भएका ६४ प्रहरी निरिक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार बढुवा भएका इन्स्पेक्टरहरुलाई पदस्थापन गरेको हो । padasthapa-ispectorDownload

Read More

काठमाडौं: नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले मंगलबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन्। प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ। insp-transfor-2080-04-30Download

Read More

काठमाडौं: गोरखापत्र दैनिकले प्रकाशन गर्ने डोटेली भाषा पृष्ठको संयोजकमा पत्रकार यज्ञराज जोशी नियुक्त भएका छन्। एक दशक लामो समयदेखि पत्रकारितामा सक्रिय जोशीलाई गोरखापत्र संस्थानले डोटेली भाषा पृष्ठ संयोजकका रूपमा नियुक्त गरेको हो। विभिन्न साहित्यिक संस्थामा समेत आवद्ध रहेका जोशी भाषा, साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका छन्। उनले नागरिक दैनिकको पश्चिमेली संस्करणमा पनि लामो समयसम्म डोटेली शब्द र त्यसको नेपाली अर्थ लेखेर भाषाको उन्नयनमा योगदान पुर्‍याएका थिए। डोटेली समाज कैलालीको कार्यसमिति सदस्यसमेत रहेका जोशीले डोटेली भाषाको पत्रिका सुदूर चिनारी र पश्चिमेली रैवारमा समेत काम गरिसकेका छन्। हाल उनी काठमाडौंमा रहेर पत्रकारितामा सक्रिय छन्।

Read More