Author: महेन्द्रनगर पोष्ट

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका मन्दिरमा पूजा गर्न गएका दलित समुदायमाथि पुजारीले जातीय विभेद गरेको आरोप लागेको छ। श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पूजामा सहभागी हुन गएका दलित समुदायका युवतीको हातको पूजा सामग्रीसहितको थाली मन्दिरका पुजारी दलबहादुर रावलले बाहिर फालिदिएको पीडित युवती संगीता विकले बताइन्। पुजारीले बडिमालिका नगरपालिका–९ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, वर्षा विक, सावित्रा विक, विपना विकसहितको टोलीमाथि विभेद गरेको पीडित युवतीहरूले बताए। ‘तिमीहरूले आफ्नो जात थाहा पाउनुपर्ने हो। यहाँँ आउनै नहुने हो, किन आएको ?, अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरू केही नभनी फर्किएको दुखेसो उनीहरूको छ। उक्त विभेद विरुद्ध जिल्ला प्रहरी…

Read More

काठमाडौं: निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत हुने भएका छन्। उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने  मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल (टिचिङ)/केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन सक्नेछन्।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

धनगढी: नेकपा (एकीकृत समाजवादी) का नेता तथा डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेमगरले नेपालमा रहेका क्यासिनोले नेताहरूलाई चन्दा दिने गरेको ठोकुवा गरेका छन्। अस्ती सिंहदरबारभित्रै लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनका अनुसार उनले आफू पर्यटनमन्त्री हुँदा राज्यलाई कर नतिर्ने क्यासिनोबाट करोडौं कर उठाएका थिए। यस्तै उनले त्यसबेला कर नतिर्ने एक क्यासिनोको त लाइसेन्स नै खारेज गरेको बताए। अहिले पनि ६ वर्षदेखी कर नबुझाएका क्यासिनो चलिरहेको उनको दाबी छ। यस्तै उनले राजनीतिक दल र ठूला नेताहरूलाई क्यासिनोले १ करोडदेखि ५ करोडसम्म चन्दा बुझाउने गरेको खुलासा गरे। तर त्यसको प्रमाण भने उनले दिएका छैनन्। उनले आफू मन्त्री…

Read More

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताएका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सुरु भएको दुई दिने पृतना समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षाको अवस्था र चुनौतीलाई सम्बोधन गर्नका लागि उपाय पहिल्याउन यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे । “राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्द्धन गर्ने गहन जिम्मेवारीलाई सेनाले अन्य निकायसँगको सहकार्यमा प्रभावकारी र प्रशंसनीय ढङ्गले गर्दै आइरहेको छ”, रक्षामन्त्री खड्काले भने । सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा…

Read More

बैतडीः बैतडीमा चितुवाको आक्रमणबाट घाइते भएकी किशोरीलाई डडेल्धुरा रेफर गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई आज (बिहीवार) चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणबाट घाइते किशोरीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि डेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनको टाउकोमा चोट लागेका कारण सिटीस्क्यान गर्नुपर्ने भएकाले डडेल्धुरा रेफर गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। घाइते पुजाको अवस्था भने खतरामुक्त रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

Read More

बागलुङ : सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ । सहकारीका बचतकर्ताको रू डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी थालेको छ । नगरप्रमुख नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। बागलुङ बजारमा मुख्य कार्यालयसहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा कार्यालयमार्फत बचत सङ्कलन बापतको उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशङ्कामा इन्टरपोलमार्फत…

Read More

भजनी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्या मन्दिर क्याम्पसको क्याम्पस सभामा उनले वर्तमान आवश्यकताको आधारमा शिक्षालाई गुणात्मक बनाउनका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् । “हामी शैक्षिक क्षेत्रको विकासका लागि गम्भीर छौँ । प्रदेश सरकारको स्रोतसाधनले सकेको काम गरिरहेकै छौँ”, मुख्यमन्त्री शाहले भने, “विगतको स्थिति हेर्दा शैक्षिक क्षेत्रमा ठूलो सुधार भएको छ तर वर्तमान आवश्यकतालाई हामीले पछ्याउन सकेका छैनौँ ।” उनले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई र उच्च शिक्षा प्रदेशको मातहतमा रहने संवैधानिक व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा पनि शिक्षामा उल्झन कायमै…

Read More

काठमाडौं : नेपाली सेनासँग संयुक्त सैन्य तालिमका लागि अमेरिकी सेनाको एक टुकडी नेपाल आइपुगेको छ । आगामी आइतबारदेखि असोज १२ गतेसम्म काठमाडौंमा हुने संयुक्त सैन्य तालिमका लागि क्याप्टेन लिम कोमेन्ट नेतृत्वको अमेरिकी सेनाको फौज अपरान्ह काठमाडौं ओर्लिएको हो । साढे ३ बजे एयर फोर्स ट्रेक ९३६ मार्फत् अमेरिकी सेनाका १२ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ । १२ दिनसम्म चल्ने ’एक्स ब्यालेन्स नेल २३–५५३०’ संयुक्त तालिममा सहभागी हुन नेपाल आएको अमेरिकी फौजले हातहतियार, एम्युनिसन र बन्दोबस्तीका सामान पनि साथमा ल्याएको छ । विपद व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायतालगायत विषयमा काठमाडौंमा हुने संयुक्त अभ्यासमा नेपाली सेनाका ३०…

Read More