Author: महेन्द्रनगर पोष्ट

अछाम : जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको अभावमा सेवा प्रवाहमा समस्या देखिएको हो । उक्त कार्यालयमासहायक प्रमुख जिल्ला अधिकारी लामोसमयदेखि नभएकामा तीन महिनादेखि प्रशासकीय अधिकृतसमेत अभाव भएको हो । दुईवटा प्रशासकीय अधिकृतको दरबन्दी भएको कार्यालय जेठ १ गते प्रशासकीय अधिकृत मीनराज आचार्यको सरुवा भएपछि काजआ आउनुभएका दैलेख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा गत जेठ २८ देखि असार ८ गतेसम्म काम गरेर फर्किनुभएको थियो । त्यसपछि बाजुरा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेनाले गत असार १० देखि साउन १ गतेसम्म काजमा आएर काम…

Read More

अछाम : अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन् । राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए । अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फोटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् । जिल्लाको मङ्गलसेन नगरपालिका–६ लगायत विभिन्न लेकाली ठाउँमा जङ्गली जनावर बँदेलले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी…

Read More

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ। यस्तै केन्द्रीय कार्यालयमा पनि ३७ दिनदेखि तालाबन्दी हुँदा त्यहाँका कर्मचारी घरमैं बसिरहेका छन्। समाजशास्त्र छैठौं सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहरिएपछि १८ साउनमा परीक्षा नियन्त्रण कार्यालयमा लगाइएको ताला अझैं नखुलेको हो। प्रश्नपत्र हुबहु दोहरिएको भन्दे नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालाबन्दी गरेको हो। ताला नखुल्दा प्रश्नपत्र निर्माण गर्ने, भइसकेका परीक्षाका उत्तरपुस्तिका जाँच गर्नेलगायतका काम ठप्प भएका छन्। परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार ६ पटक वार्ता भइसके पनि अनेरास्ववियूले ताला खोलेको छैन। प्रश्नपत्र सेट गर्ने व्यक्तिलाई भने १ वर्ष परीक्षा सम्बन्धी काम गर्न नपाउने गरी निलम्बन गरिएको छ। तालाबन्दी गर्ने…

Read More

धनगढी: उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भेट गरेका छन्। हिजो थपलिया खड्कासँग कुराकानी गर्न सिंहदरबार पुगेका थिए। भेटमा थपलियाले रिक्त केही स्थानमा हुनुपर्ने उपनिर्वाचनबारे छलफल गरेको रक्षा मन्त्रालय स्रोतले बताएको छ। अब गृहमन्त्रीको जिम्मेवारीमा रहेका अर्का उपप्रधानमन्त्रीसँग पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले भेट गर्ने कार्यक्रम छ। निर्वाचन ऐन संशोधनको विषय पनि सरकारलाई जानकारी गराउनुपर्ने भएकाले आयोगका अधिकारीहरुले भेटघाटलाई महत्व दिएका छन्। यसबीच बझाङ १ बाट निर्वाचित प्रदेश सभा सदस्य तथा सुुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको कच्चा चालकको लापरबाहीका कारण सवारी दुर्घटनामा निधन भएको छ। सोही निर्वाचन क्षेत्रमा गर्नुपर्ने चुनावबारे आयोगले चासो राखेको छ।…

Read More

धनगढी: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवा प्रमुख अतिथि रहेकाे एक कार्यक्रममा लफडा भएकाे छ। साेमबार धनगढीकाे साेराइँ बैंकेट पार्टी प्यालेसमा भएकाे नेपाली कांग्रेसकाे क्षेत्र नम्बर ५ काे क्षेत्रिय भेलामा नेविसंघकाे असन्तुष्ट पक्षले ताेडफाेड गर्नका साथै कार्यक्रम ब्यानर झिकिएको थियाे। कांग्रेसका एक नेताकाअनुसार आरजु कार्यक्रम स्थलमा नपुग्दै नेविसंघकाे केन्द्रीय अधिवेशनलाई लिएर असन्तुष्ट रहेको पक्षले कार्यक्रममा लफडा गरेकाे थियाे। लफडाकाबीच मञ्चमा राखिएको पानसमा बत्ती बाल्ने दियाे लगायतका सामान फुटेका थिए भने ब्यानसर समेत निकालिदिएका थिए। विवाद शान्त भएपछि क्षेत्रिय समितिले फेरि ब्यानर लगाएर कार्यक्रम गरेकाे थियाे। क्षेत्रिय भेलामा आफ्नो पदीय मर्यादा बिर्सिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भाैतिक…

Read More

दाङ: पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय गइरहेका छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।  उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका छन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् ।  ‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ…

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिस्‍‌ठानमा कार्यरत डीआईजी अभिकुमार खत्री बिदामा बसेर अमेरिका जाँदा आफ्नो कमाण्ड क्षेत्रमा कसैलाई पनि जानकारी नदिएको पाइएको छ। २२ दिन बिदा बस्दा डीआईजी खत्रीले कसैलाई पनि कार्यालयमा जानकारी नगराइएको पाइएको हो। कार्यालय प्रमुख बिदा बस्दा एक तह तलको अधिकृतलाई कार्यालयको निमित्त बुझाउनुपर्ने हुन्छ। तर खत्रीले यो प्रावधानलाई बेवास्ता गरेका छन्। उनले आफूभन्दा तल्लो तहका अधिकृत एसएसपी कमल तिमिल्सिनालाई चार्ज बुझाउनु पर्ने भए पनि बुझाएनन्। खत्री साउनमा आफ्ना परिवारका सदस्यसहित अमेरिका घुम्न गएका थिए। खत्री साउन ७  गते गएर साउन २९ गतेमात्रै कार्यालयमा हाजिर भएका थिए। सशस्त्र प्रहरीको मानव स्रोत विभागले मुख्यालयलाई जानकारी गराएर आपत्ति नै…

Read More

धनगढी: कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। गत साउन १४ गते आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। उक्त ट्याक्टरको ठक्करबाट अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए। उनको मायामेट्रो अस्पतल धनगढीमा उपचारका क्रममा हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीलेजनाएको छ। अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत डाउका ४ दिन भैपरी आउने बिदामा रहेका बेला मोटरसाइकल दुर्घटनामा परेका छन्। उनको घर बझाङको तल्कोट हो।

Read More

कैलाली: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ । बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ। रासस

Read More

लन्डन: सात जनाको शिशुको हत्या गर्ने बेलायती नर्स लुसी लेटबीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। उत्तरी इङ्गल्यान्डको एक अस्पतालमा काम गर्दा सात नवजात शिशुको हत्या र कम्तीमा छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतको अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो । न्यायमूर्ति जेम्स गसले आजीवन कारावासबाट प्रारम्भिक रिहाइको लागि सबै प्रावधान खारेज गरे र  उनको अपराधको गम्भीरतालाई लिएर ३३ वर्षीया नर्सले आफ्नो सम्पूर्ण जीवन जेलमा बिताउनु पर्ने घोषणा गरे।

Read More