लन्डन: सात जनाको शिशुको हत्या गर्ने बेलायती नर्स लुसी लेटबीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।
उत्तरी इङ्गल्यान्डको एक अस्पतालमा काम गर्दा सात नवजात शिशुको हत्या र कम्तीमा छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतको अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो ।
न्यायमूर्ति जेम्स गसले आजीवन कारावासबाट प्रारम्भिक रिहाइको लागि सबै प्रावधान खारेज गरे र उनको अपराधको गम्भीरतालाई लिएर ३३ वर्षीया नर्सले आफ्नो सम्पूर्ण जीवन जेलमा बिताउनु पर्ने घोषणा गरे।
Facebook Comments Box