Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिजो काठमाडौँबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताए । पक्राउ परेका उनीहरुलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी छ ।

Read More

धनगढीः मोटरसाइल दुर्घटना हुँदा घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका-४ सिमथरीका मदे तिरुवाको मृत्यु भएको छ । उनको आज बिहान धनगढीको स्वस्तिक अस्पतालमा मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रले बताएको छ । मंगलवार राति उनी सवार से४प ४७५० नम्बरको मोटरसाइकल घोडाघोडी-१ सुखडस्थित डोडा नदीको पुलमा गाइसँग ठोकिएको थियो । सिमथरीका ४५ वर्षीय किसन तिरुवाले २५ वर्षीय भाइ गणेश तिरुवालाई घरायसी विवादका क्रममा दाउले हानेपछि उनको उपचारका लागि अस्पताल आउँदै गर्दा दुर्घटना भएको थियो । गणेशको उपचार भइरहेको छ भने इलाका प्रहरी कार्यालय सुखडले किसन तिरुवालाई पक्राउ गरेको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् । विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेका पाइएको छ । यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिनुभयो । बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार ६ सय ३७, आंशितर्फक ६० हजार नौ सय ५९, ग्रेड वृद्धितर्फ १४ हजार एक सय ३५ र २०७२/७३ को ग्रेडवृद्धितर्फ एक हजार एक सय ६ जना गरी चार लाख ४८ हजार आठ सय ३७ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ एक लाख ८९ हजार सात…

Read More

काठमाडौं: मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ ।  नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । ‘अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ,’। जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त हुदै गैरहेको थियो । गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यो संशोधनमा केही अस्पष्टता रहेका कारण कार्यान्वयन गर्न नसकिएको भन्दै भूमि-व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका कार्यालयले कार्यान्वयन नगरेपछि पुनः नियमावली संशोधन गरेको हो । यसअघि ५ साउनमै नियमावली संशोधनको प्रस्ताव मन्त्रीपरिषद्ममा गएको…

Read More

टीकापुर: कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ ।  कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए ।  “राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि…

Read More

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ६ र ७ गते गर्ने भएको छ। परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको छ। २०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन्। बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ। बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले…

Read More

काठमाडौँ: लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ। एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ। दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका- १२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन्। उनी रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो। खोजीकै क्रममा उनमो शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताएका छन्। बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको उनले बताए। घटनाकोबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढीः कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीमा आगलागी भएको छ। गोदावरी नगरपालिका वडा नम्बर-२ अत्तरियामा रहेको विद्यालयको माथिल्लो तलामा आगलागी भएको हो। आज(बुधवार) बिहान विद्युत सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

डडेल्धुराः डडेल्धुराका निरज देउवाले दक्षिण कोरियामा रजत पदक जितेका छन्। देउवाले दक्षिण कोरियाको छुङछङनाम्दोमा आयोजना भएको ‘आठौं डेजियोन एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ मा रजत पदक जितेका हुन्। उनले पुरुष ८७ केजी तौल समूहमा नेपाललाई रजत पदक दिलाएका हुन्। दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगितामा २२ देश सहभागी थिए। प्रतियोगितामा ताइवानले स्वर्ण जित्दा दक्षिण कोरियाले कस्य पदकमा चित्त बुझायो। देउवाले यसअघि पनि दक्षण कोरिया, अजरबैजान, भारत, पाकिस्तानलगायत देशमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई विभिन्न पदक तथा पुरस्कार पाइसकेका छन्। गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका उनी हाल सशस्त्र प्रहरी बल (एपीएफ) मा पनि कार्यरत छन्।

Read More