काठमाडौँ: अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिजो काठमाडौँबाट पक्राउ गरेको हो ।
चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताए । पक्राउ परेका उनीहरुलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी छ ।
Facebook Comments Box