Author: महेन्द्रनगर पोष्ट

एजेन्सी:अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ५३ जनाको ज्यान गएको छ । हवाईको माउइ टापुमा लागेको डढेको कारण ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने केही घाइते भएका छन् । त्यहाँ एक हजारभन्दा धेरै मानिस हराइरहेका अनुमान छ । माउइ पर्यटकीय टापु मानिन्छ । मङ्गलवारदेखि शुरु भएको डढेलो फैलिएको छ । माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । त्यहाँका हजारौँ नागरिकलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । बिजुलीका पोल ढलेपछि ११ हजारभन्दा धेरै मानिस अन्धकारमा छन् । हवाईका गभर्नर जोस ग्रीनले धेरै वर्षपछि मानवीय क्षति भएको बताउनुभएको छ । उहाँका अनुसार एक हजार ७ सयभन्दा धेरै…

Read More

काठमाडौँ: सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

धनगढीः धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी एक महिलाको मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिई सडक समेत अवरुद्ध गरेका हुन् । बिहीवार बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलालाई क्लिनिकले औषधी दिएको थियो । औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई सेती अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो । कैलाली प्रहरीका अनुसार घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ…

Read More

अछामः अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो । बाख्रा चराउन जंगल गएका बेला उनलाई मौरीले टोकेको र हिजो बिहीवार बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

चितवन: डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो…

Read More

भजनी: कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी वर्षा भएको छ । वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान चार सय २४ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको छ । यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताइन् ।  ‘माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो’, उनले भने। जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार यही साउन २४ गते एक सय ४३ दशमलव नौ मिलिमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा…

Read More

भजनी: बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् । ‘बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई-तीन महिना सडकमै बास हुन्छ-, स्थानीय सुरेन्द्र चौधरीले भने– ‘बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।’ सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ । भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्त्वनाले समस्या समाधान नहुने बताउँछन् । बाढी र डुबानको मुख्य समस्या पहिचान गरी काम थाल्नुपर्ने उनको भनाइ छ । ‘बाढीका कारण खेत…

Read More

काठमाडौं: युके (बेलायत) बसेकी युवतीसँग टिकटकमार्फत् चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंह रहेका छन्। सिंहले बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत् चिनजान गरेका थिए। सिंहले ती युवतीलाई विवाह गर्ने भन्दै काठमाडौं बोलाएर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ। असार ३१ गते बिजेन्द्रले ती युवतीलाई एअरपोर्टमा झर्ने बित्तिकै सिनामंगलस्थित हिमालय होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। युवतीलाई जबरजस्ती करणी गर्न लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली आएर बिजेन्द्रलाई पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान सकिएर अहिले जिल्ला अदालत…

Read More

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–४ दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ। ४ सय ६० मिटर रहेको उक्त झुलङ्गे पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो। गत वर्ष पुल जोगाउन एमरेड परियोजनाद्वारा निर्माण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काएको छ। नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुको गुनासो छ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकाले यसको तुरुन्त अनुगमन गर्नुपर्ने र पुललाई सुरक्षित राख्न पहल गरिनुपर्ने माग छ।

Read More

धनगढी: कैलालीको टीकापुरमा एकै व्यक्तिमाथि दोस्रोपटक खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्कामाथि एकै महिनामा २ पटक खुकुरी प्रहार भएको हो। इलाका प्रहरी कार्यालय टीकापुरले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएको छ। अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनएको छ।  गत असार २६ गते पनि खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीलाई खुकुरी प्रहार भएको थियो।

Read More